राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रधानमन्त्रीको निर्देशन कर्मचारीले नटेर्ने प्रवृत्ति विकास हुनु राम्रो नभएको बताउनुभएको छ ।
भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोमवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुख्य सचिवले कर्मचारीहरुलाई निर्देशन दिँदा निर्देशन पालना नहुने गरेको बताउनु भयो । उहाँले सरकार र मुख्य सचिवले भनेको नमान्ने तर अख्तियारले भन्दा १० मिनेटमा काम गर्ने प्रचलन कर्मचारीतन्त्रमा हावी भएको बताउनु भयो । उहाँले अख्तियारसँग डण्डा,कानून र हत्कडी लगाउने क्षमता भएपनि सही रुपमा प्रयोग हुनुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचारका विषयमा बेनामी उजुरीहरु दिन पाउने÷नपाउने विषयमा राज्य व्यवस्था था सुशासन समितिमा छलफल भइरहेको बताउनु भयो । उहाँले समितिले बेनामीमा भ्रष्टचारको मुद्दा दर्ता गर्न नपाउने व्यवस्था राख्ने गरी कानून बनाउन लागेको बताउनु भयो । उहाँले बजेट छुट्याउँदैमा मानिसहरु जेल जानुपरे विकास निर्माणका कामहरु अगाडी बढ्न नसक्ने बताउनु भयो । उहाँले अदालतमा मुद्दा दर्ता हुने बित्तिकै निलम्वन हुने पद्धतिले भविष्यमा राम्रो नगर्ने बताउनु भयो । उहाँले पछिल्लो समय नीतिगत भ्रष्टाचारका विषयहरु उठेको भन्दै सह–सचिवको जिम्मेवारीमा रहेको काम सचिव र सचिवबाट हुने काम मन्त्रीमा लैजाने अवस्था आएको बताउनु भयो । उहाँले समितिलाई नीतिगत व्यवस्था कस्तो बनाउने भन्ने दायित्व रहेको भन्दै समितिले सो विषयमा स्पष्ट बनाएर संसदमा पठाउने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘अख्तियारमा प्रधानमन्त्रीले भनेको कुरा नहुने तर अख्तियारले भनेको मात्रै काम हुने पद्धतिको विकास भयो भने सरकार कहाँ जान्छ त्यो विषयमा कर्मचारीहरुले ध्यान दिनु । मुख्य सचिवले कर्मचारीहरुलाई एउटा निर्देशन दिँदा निर्देशन पालना गर्न अन्कनाउनु हुन्छ । अख्तियारले भन्यो भने १० मिनेटमा काम सक्नुहुन्छ । किनभने अख्तियारमा डण्डा,कानून र हत्कडी लगाउने क्षमता पनि छ । त्यो सही रुपमा प्रयोग हुनुपर्छ भन्ने हाम्रो चाहना छ । भ्रष्टाचारका नाममा बेनामी उजुरीहरु अहिले आइरहेका छन् । त्यो विषय लिने नलिने छलफलमा छ । केही विषयमा असहमति हुने बित्तिकै कसैले बेनमी हाल्ने बित्तिकै त्यही विषयमा वर्षौंसम्म छलफल गरिरह्यौं भने मुलुक कहाँ जान्छ । त्यतातिर ध्यान जानुपर्ने हामीले देखेका छौं । बजेट छुट्याउँदैमा मानिसहरु जेल जानुप¥यो भने विकास निर्माणका कामहरु कसरी हुन्छ । अदालतमा मुद्दा जाने बित्तिकै निलम्वन हुने विकास हुँदै जाने हो भने भविष्यमा के होला । नीतिगत भ्रष्टाचारका विषयहरु आएका छन् । सह–सचिवको जिम्मेवारीमा रहेको काम सचिव र सचिवबाट हुने काम मन्त्रीमा लैजाने अवस्था आएको छ । नीतिगत व्यवस्था के बनाउने दायित्व समितिलाई आएको छ । समितिले त्यो विषयमा स्पष्ट बनाएर संसदमा पठाउने छौं ।’
सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेले राम्रो काम गर्ने भनेर नाम चलेको व्यक्ति टाउकोमा हाल्ने प्रवृत्ति राम्रो नभए बताउनु भयो । उहाँले जबसम्म त्यो खालको प्रवृत्ति रहेसम्म बेरुजु आउने प्रक्रियाको अन्त्य नहुने बताउनु भयो । उहाँले जसले चेक काट्यो उसैमाथि बेरुजु हुनुपर्नेमा समिति स्पष्ट रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘काम गरिसकेर तिमीले राम्रो काम गरिस् भनेर धन्यवाद पनि दिएर पठाउने तर महालेखाको प्रतिवेदनले बेरुजु देखाएको जसलाई धन्यवाद दिएर पठाएको व्यक्तिको टाउकोमा हाल्ने चलन जबसम्म रहन्छ । बेरुजु आउने प्रक्रियाको अन्त्य कहिल्यै पनि हुँदैन । जवाफदेहिता र सुशासन कहाँ हुन्छ । मैले देखेको छैन । जबसम्म जवाफदेहिता यसबाट खोज्न सकिँदैन । यस्तो विषय उल्टाउने विषयमा लैजानुपर्छ । जसले चेक काट्यो उसैमाथि बेरुजु हुनुपर्छ ।’
मुख्य सचिव एकनारायण अर्यालले शासनमा सहकार्य गर्ने सबै पात्रहरु नैतिकता,सदाचार्यता र इमान्दारीता मूल्य विकास गरी नैतिक रुपमा उन्नत र समुन्नत नेपाल निर्माण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले आफूलाई नैतिकवान ठानिरहँदा अरुलाई अनैतिक ठान्ने प्रवृत्ति बढी देखिएको बताउनु भयो । उहाँले नैतिकता हराइरहेको समाजमा नैतिकवान समाज निर्माण गर्नुपर्ने उल्लेख गर्नु भयो ।
उहाँले भन्नुभयो,‘शासनमा सहकार्य गर्ने सबै पात्रहरु नैतिकता,सदाचार्यता र इमान्दारीता मूल्य विकास गरी नैतिक रुपमा उन्नत र समउन्नत नेपाल निर्माण गर्न हाम्रो भगिरथ प्रयास आवश्यक छ । आफूलाई नैतिकवान ठानिरहँदा अरुलाई अनैतिक ठान्ने प्रवृत्ति बढी देखिएको छ । नैतिकता हराइरहेको समाजमा नैतिकवान समाज निर्माण गर्नुपर्ने छ । बहुआयामीक रुपमा रहेको भ्रष्टाचारलाई सार्वननिक,सरकारी,निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्य र सहयोग निर्वाह गर्ने कार्यमा सरकारको सहयोग रहनेछ ।’
उहाँले बहुआयामिक रुपमा रहेको भ्रष्टाचारलाई सार्वजनिक,सरकारी,निजी क्षेत्र एवं नागरिक समाजसँगको सहकार्य र सहयोगमा निर्मुल बनाउनु आवश्यक रहेको बताउनु भयो ।