Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

खेलकुद स्थलमा भागदौडपछि ९ जनाको मृत्यु, सबै खेल स्थगित

प्रजातान्त्रिक गणतन्त्र कंगोको राजधानी किन्शासामा खेलकुद स्थलहरूमा अर्को सूचना नभएसम्मका लागि सबै गैर–खेल गतिविधिहरू स्थगन गरिएको छ । मुख्य खेलकुद केन्द्र, स्टेड डेस मार्टर्समा एक कन्सर्टमा कम्तिमा नौ जनाको मृत्यु भएको एक दिनपछि आन्तरिक उपप्रधानमन्त्री ज्याकमेन शबानीले सबै खेलहरु स्थगित गरेको बताउनुभएको हो । भागदौडबाट ९ जनाको मृत्यु हुनुका साथै धेरै घाइते भएको बताउनु भयो । घाइतेको उपचार भइरहेको उहाँको भनाइ छ । शनिवार किन्शासाको स्टेड डे मार्टर्समा संगीतकार माइक कालाम्बाईको कन्सर्टको क्रममा भागदौड भएको थियो । जहाँ एक गर्भवती महिला र बच्चाहरूसहित कम्तिमा नौ जनाको मृत्यु भएको थियो । 


८० हजार सिटको क्षमता भएको देशको सबैभन्दा ठूलो मानिने स्टेडियममा कन्सर्ट, सांस्कृतिक कार्यक्रमहरू र राजनीतिक बैठकहरू हुने गर्दछन् । अक्टोबर २०२२ मा कङ्गोली संगीतकार फली इपुपाको कन्सर्टको क्रममा स्टेड डे मार्टर्समा पनि भागदौडमा दुई प्रहरी अधिकारीहरूसहित ११ जनाको मृत्यु भएको थियो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist