Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

सहकारीको रकम अपचलन गरेर विदेश फरार भएका १८ जनालाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन

सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले सहकारीको रकम हिनामिना र अपचलनमा संलग्न भइ विदेश फरार भएकाहरूलाई स्वदेश फर्काउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।


सोमवार बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जना सहरकारी ठगीमा संलग्न भइ विदेशमा रहेकालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो । बैठकपछि सञ्चार कर्मीहरुलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको बताउनु भयो । उहाँले विदेश फरार रहेका व्यक्तिहरु संलग्न रहेका सहकारीहरु अनुसन्धानको अनुसूची १ र २ मा छानविनको दायरामा रहे पनि विदेशमा रहेकाले सरकारले तत्काल छानविनको दायरामा ल्याउन निर्देशन दिएको बताउनु भयो । उहाँले वचतकर्ताहरुको वचत दुरुपयोग गरेको वचत फिर्ताको सन्दर्भमा समितिले सोधपुच्छ गर्न आवश्यक भएको बताउनु भयो । उहाँले विदेशमा रहेका १८ जनालाई पनि समितिको छानविनको दायरामा आउन जरुरी रहेको बताउनु भयो । उहाँले सानुपाइला,सहारा,सूर्यदर्शन,स्वर्णलक्ष्मी,हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको वचत दुरुपयोग सम्बन्धमा छानविनको दायरामा रहेका जीबी राई,सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन,राजमाया महर्जन,सचिन महर्जन र सरला महर्जन,सूर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन,थानबहादुर बुढा मगर, शिवशिखर सहकारीका भूपेन्द्र राई,तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम,इमेज सहकारीका देवकुमार नेपाली, छेदा नेपाली र दीपक पौडेल,साना पाइलाका तस्विरण खातुन र असरफ अली,सहारा वचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिर सहकारीका प्रेमध्वज लामा,मेगाडिम सहकारीका महाशंकर रेग्मीलाई नेपाल फर्काउन गृहमन्त्रीलाई आग्रह गरिएको बताउनु भयो । उहाँले  १८ जना अमेरिका,बेलायत,मेलेसिया,युरोप लगायत भारत र कतिको अज्ञात रहेकाले वचत कर्ताहरुको गुनासो रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘सहकारी पीडितहरुले वचत अपचलन दुरुपयोग र ठगी गरेको भनेर गुनासो गरेका १८ जना व्यक्तिहरु विदेशमा रहेको र संसदमा पनि कुरा उठ्ने गरेको छ । विदेशमा रहेका व्यक्तिहरु संलग्न रहेका सहकारीहरु अनुसन्धानको अनुसूची १ र २ मा छानविनको दायरामा रहेको छ । यो सन्र्दभलाई बिचार गरेर समितिले गृहमन्त्रीलाई आमन्त्रित गरेर आग्रह गरेको छ । उनीहरुलाई समितिको छानविनको निम्ति देशभित्र ल्याउने वातावरण बनाइदिनुस् । भनेका छौं । देशभित्र ल्याई दिनुस् । उनीहरुलाई नेपाल ल्याएर सोधपुछ गर्न जरुरी भयो । वचतकर्ताहरुको वचत दुरुपयोग गरेको वचत फिर्ताको सन्दर्भमा समितिमा के भन्नुहुन्छ भन्ने कुरा जरुरी भयो । सहकारी ठगी प्रकरणमा परेका धेरै बाहिर रहेका छन् । उनीहरुलाई नेपालमा ल्याउन कानूनी पक्षमा के छ सरकारले गर्ने हो । पारस्परिक कानूनी सहायता सम्बन्धि सम्झौता गर्नुपर्ने छ वा के छ । नेपाल सरकार र सम्बन्धित देशबिच गर्नु पर्ने काम हो । उहाँहरु समितिको छानविनको दायरामा आउन जरुरी छ । १८ जनाको नाम गृह मन्त्रालयलाई दिएका छौं । त्यसमा जीबी राई छन् । उनी सानुपाइला,सहारा,सूर्यदर्शन,स्वर्णलक्ष्मी,हाम्रो नयाँ कृषि,सुप्रिम र समानता सहकारीको वचत दुरुपयोग सम्बन्धमा छानविनको दायरामा हुनुहुन्छ । सुमेरु र कालीमाटी सहकारीका भरत महर्जन,राजमाया महर्जन,सचिन महर्जन र सरला महर्जनको विषयमा पनि सहकारी पीडितहरुले देश छाडेर बाहिर गएको गुनासो गर्नुभएको छ । सुर्यदर्शनका अध्यक्ष भइसकेका ज्ञानबहादुर बम्जन अमेरिकामा गएको गुनासो आएको छ । थानबहादुर बुढा मगर सूर्यदर्शनको पछिल्लो सञ्चालक समिति अध्यक्ष । शिवशिखर सहकारीका भूपेन्द्र राई,तेजबहादुर बम्जन तामाङ र लिलानाथ गौतम,इमेज सहकारीका देवकुमार नेपाली , क्षेदा नेपाली र दीपक पौडेल ,साना पाइलाका तस्विरण खातुन र असरफ अली,सहारा वचत तथा ऋण सहकारी र सुप्रिम सुवास के.सी, कान्तिर सहकारीको प्रेमध्वज लामा,मेगाडिम सहकारीको महाशंकर रेग्मी गरी १८ जना अमेरिका,बेलायत,मेलेसिया,युरोप लगायत भारत र कतिको अज्ञात रहेकाले उहाँहरुलाई खोज्न, स्वदेश फर्काएर उनीहरुलाई छानविन समितिको सम्पर्कमा ल्याएर छानविन प्रक्रियामा सहभागि गराउन गृहमन्त्रीलाई निर्देशन दिएको छ । नेपाल सरकारले व्यवस्था मिलाओस् भनेर आग्रह गरेका छौं । उनीहरुलाई छानविन प्रक्रियामा ल्याएपछि मात्रै समिति निष्कर्षमा पुग्नसक्छ ।’ 


उहाँले सहकारी ठगी गरेका आरोपमा विराटनगर, कारागार र थुनामा रहेका केही व्यक्तिका हकमा सोधपुछ गर्ने बताउनु भयो । उहाँले सोधपुछका लागि जनशक्ति र समयको प्रवन्ध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको पनि बताउनु भयो । उहाँले समितिले कारागार र थुनामा रहेका २४ जना सोधखोज गर्नुपर्ने देखिएको भन्दै सोधपुछ गर्नुपर्नेहरुको नाम गृहमन्त्रीलाई दिएको बताउनु भयो । उहाँले बैठकमा गुण कोअप्रेटिभका सञ्चालक राजेन्द्र शाक्यले वचतकर्ताको रकम फिर्ता गरेको जनाकारी दिएको पनि सभापति थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist