Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पु¥याउने काम क्षम्य हुँदैनः मन्त्री खड्का


उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पु¥याउने काम क्षम्य नहुने बताउनुभएको छ ।


आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजश्व चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अहिले दुई ठूला राजनीतिक दल मिलेकाले निजी क्षेत्रका समस्याहरु समाधान गर्ने र मुलकमा समृद्धि कायम हुनसक्ने बताउनु भयो । उहाँले अहिले देश विकासका लागि ठूलो अवसर रहेको भन्दै यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले जलश्रोत विधेयक फिर्ता लिन माग गरिएको भन्दै अब विधेयक फिर्ता लिने भन्दा पनि आवश्यक नीतिगत सुधार गरेर पास गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले सन्दर्भ मिलेको छ । सन्दर्भ यस अर्थमा मिलेको छ । मुलुकका दुई वटा ठूला दलहरु समेत रहेर सरकार निर्माण भएको छ । यो मौका हो । यो मौकाको पूर्णरुपले सदुपयोग मुलुकले गर्न सक्नुपर्छ । त्यसका लागि हामी एक ठाउँ छौँ । मलाई लाग्छ सांसदहरुको पनि यस्ता विषयहरुमा पार्टीगत धारणा छैन । अल्मलिएका विषयहरु चिरेर अघि बढ्नुपर्छ । विधेयकहरु समितिमा विभिन्न फोरममा छलफलमा छन् । म उर्जा मन्त्रालय सम्हाल्दै गर्दा विद्युत विधेयक, जलश्रोत विधेयक पनि आइरहेको छ । यसलाई पनि रोकेर केही व्यवसायी, निजी क्षेत्रका साथीहरुले यो विधेयक फिर्ता लिनुप¥यो भन्नुभएको छ । फिर्ता लिने होइन । यसमा आवश्यक, चाहिँदो नीतिगत सुधार गरेर चाँडो पास गर्नुपर्छ । फिर्ता लिँदा के हुँदो रहेछ भने अर्को एक दुई वर्ष नहुने रहेछ । कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पु¥याउने काम हुन सक्दैन । त्यो क्षम्य हुँदैन । चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिनुपर्छ । त्यो नोक्शानी तपाईंहरुलाई पनि हो, मुलुकलाई पनि हो ।’


मन्त्री खड्काले निजी क्षेत्रको सहयोग बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउनु भयो । उहाँले सरकारले नीतिको सुधार गर्ने र व्यवसायीहरुले आफ्ना कमजोरी हटाएर मुलुक निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले सरकारले खोलैपिच्छेका निजी कम्पनी दर्ता गरेको तर वर्षौंदेखि अलपत्र रहेको बताउनु भयो । सरकारले कम्पनी बनाएर व्यापार गर्ने भए निजी क्षेत्र किन चाहियो ? भन्दै प्रश्न गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist