• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पु¥याउने काम क्षम्य हुँदैनः मन्त्री खड्का

नीतिप्रेस by नीतिप्रेस
August 19, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पु¥याउने काम क्षम्य नहुने बताउनुभएको छ ।


आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजश्व चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । अहिले दुई ठूला राजनीतिक दल मिलेकाले निजी क्षेत्रका समस्याहरु समाधान गर्ने र मुलकमा समृद्धि कायम हुनसक्ने बताउनु भयो । उहाँले अहिले देश विकासका लागि ठूलो अवसर रहेको भन्दै यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताउनु भयो । उहाँले जलश्रोत विधेयक फिर्ता लिन माग गरिएको भन्दै अब विधेयक फिर्ता लिने भन्दा पनि आवश्यक नीतिगत सुधार गरेर पास गर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले सन्दर्भ मिलेको छ । सन्दर्भ यस अर्थमा मिलेको छ । मुलुकका दुई वटा ठूला दलहरु समेत रहेर सरकार निर्माण भएको छ । यो मौका हो । यो मौकाको पूर्णरुपले सदुपयोग मुलुकले गर्न सक्नुपर्छ । त्यसका लागि हामी एक ठाउँ छौँ । मलाई लाग्छ सांसदहरुको पनि यस्ता विषयहरुमा पार्टीगत धारणा छैन । अल्मलिएका विषयहरु चिरेर अघि बढ्नुपर्छ । विधेयकहरु समितिमा विभिन्न फोरममा छलफलमा छन् । म उर्जा मन्त्रालय सम्हाल्दै गर्दा विद्युत विधेयक, जलश्रोत विधेयक पनि आइरहेको छ । यसलाई पनि रोकेर केही व्यवसायी, निजी क्षेत्रका साथीहरुले यो विधेयक फिर्ता लिनुप¥यो भन्नुभएको छ । फिर्ता लिने होइन । यसमा आवश्यक, चाहिँदो नीतिगत सुधार गरेर चाँडो पास गर्नुपर्छ । फिर्ता लिँदा के हुँदो रहेछ भने अर्को एक दुई वर्ष नहुने रहेछ । कानूनका छिद्र हेरेर दुःख दिने, खेद्ने र समृद्धिलाई टाढा पु¥याउने काम हुन सक्दैन । त्यो क्षम्य हुँदैन । चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिनुपर्छ । त्यो नोक्शानी तपाईंहरुलाई पनि हो, मुलुकलाई पनि हो ।’


मन्त्री खड्काले निजी क्षेत्रको सहयोग बिना मुलुकको समृद्धि सम्भव नरहेको बताउनु भयो । उहाँले सरकारले नीतिको सुधार गर्ने र व्यवसायीहरुले आफ्ना कमजोरी हटाएर मुलुक निर्माणमा लाग्नुपर्ने बताउनु भयो । उहाँले सरकारले खोलैपिच्छेका निजी कम्पनी दर्ता गरेको तर वर्षौंदेखि अलपत्र रहेको बताउनु भयो । सरकारले कम्पनी बनाएर व्यापार गर्ने भए निजी क्षेत्र किन चाहियो ? भन्दै प्रश्न गर्नुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

आज जनैपूर्णिमा, मन्दिरहरुमा भक्तजनको भीड

Next Post

गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि

Next Post

गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन