• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गत साउनको तुलनामा अहिले राजश्व २०.१ प्रतिशत र पुँजीगत खर्च ९ गुणाले वृद्धि

नीतिप्रेस by नीतिप्रेस
August 19, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]


उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा २०.१ प्रतिशत राजश्व वृद्धि भएको बताउनुभएको छ ।


आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरु शुरु भको बताउनु भयो । उहाँले पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिनामा ९ गुणाले वृद्धि भएको बताउनु भयो । उहाँले घरजग्गा कारोबार अहिले आम मानिसहरुमा चासोको विषय रहेको भन्दै घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको बताउनु भयो । उहाँले घरजग्गा कारोबार गत वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउन महिनामा ११ प्रतिशतले बढको दाबी गर्नुभयो । उहाँले राजश्व ३२ प्रतिशतले वृद्धि भएको बताउनु भयो । अर्थतन्त्रमा सकारात्मक संकेत अनायास नभएको भन्दै सरकारप्रति आम नागरिकको विश्वासका कारण सम्भव भएको बताउनु भयो । सरकारले लिएको नीतिको प्रभावका कारण पनि अर्थतन्त्र सकारात्मक बन्दै गएको बताउनु भयो । उहाँले अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा नरहेको र अझ तिब्र गतिको आर्थिक प्रगति देशलाई चाहिएको बताउनु भयो । आर्थिक क्षेत्रमा रहेका समस्याको शिघ्र समाधान चाहिएको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘सरकारको पहलकदमीका कारण केही सकारात्मक संकेतहरु देख्न सक्छौँ । २०८० सालको साउन महिनाको तुलनामा यस वर्षको साउन महिनामा राजश्व वृद्धि २०.१ प्रतिशत छ । पुँजीगत खर्च गत वर्षको साउनको तुलनामा यो वर्ष पुँजीगत खर्च ९ गुणाले वृद्धि भएको छ । घरजग्गा कारोबार अहिले आम मानिसहरुमा चासोको विषय बनेको छ । घरजग्गा कारोबारमा रहेको शिथिलताको प्रभाव समग्र अर्थतन्त्रमा परिरहेको छ । त्यसलाई कसरी चलायमान गर्नेहोला । यस क्षेत्रका समस्या कसरी समाधान गर्ने ? भन्ने कोणबाट पनि टिप्पणी हुने गर्दछन् । अहिले मात्रै हामी देख्नसक्छौँ घरजग्गा कारोबार गतको तुलनामा ११ प्रतिशतले बढको छ । राजश्व ३२ प्रतिशतले वृद्धि भएको छ । समग्रतामा अर्थतन्त्रमा केही सकारात्मक संकेतहरु देखापरेका छन् । यो अनायास भएको होइन, यसको पृष्ठभूमिमा सरकारप्रति आम नागरिकको विश्वासले काम गरेको छ । सरकारले लिएको नीतिको प्रभाव छ । अहिले देखिएका सकारात्मकतामा चित्त बुझाएर सरकार बस्ने पक्षमा छैन । हामीलाई अझ तिब्र गतिको आर्थिक प्रगति चाहिएको छ । आर्थिक क्षेत्रमा रहेका समस्याको शिघ्र समाधान चाहिएको छ ।’


उपप्रधानमन्त्री पौडेलले निजी क्षेत्र र सरकार एउटै नदी प्रणाली रहेको बताउनु भयो । उहाँले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग निर्माण गर्ने प्रतिवद्धता मन्त्रालयले लिएको भन्दै अध्ययन गरेर अध्ययनका प्रतिवेदन दराजमा थन्क्याइ दराज सजाउने स्थिति नहुने बताउनु भयो । विदेशी लगानीको लागि लचिलो बन्ने तर नेपाली पुँजी बाहिर जाने कुरामा होशियारी अपनाउन आग्रह गर्नुभयो । नेपालमा आउने विदेशी लगानी गैरकानूनी हुनु नहुने बताउनु भयो । उहाँले सरकारले लगाएको काम सकिसकेपछि राज्यले भुक्तानी दिने स्पष्ट पार्नुभयो । उहाँले सम्पन्न भएको कामको भुक्तानी सम्बन्धित व्यवसायीहरुले पाउने बताउनु भयो । सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गरेर नै सरकार अघि बढ्ने बताउनु भयो । 

[adrotate banner= “3”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पु¥याउने काम क्षम्य हुँदैनः मन्त्री खड्का

Next Post

दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकताः मन्त्री भण्डारी

Next Post

दिगो आर्थिक विकासको लागि नीतिगत सुधार सरकारको प्राथमिकताः मन्त्री भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन