Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

एमाले र माओवादी कम्युनिष्ट हुन् भने पुँजीवादी सरकारमा जानु हुँदैन थियोः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) कम्युनिष्ट भए पुँजीवादी सरकारमा जानु नहुने बताउनुभएको छ । 


संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुने भएपनि अहिलेको सत्ता गठबन्धन राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता नरहेको देखिएको बताउनु भयो । उहाँले विगतको सत्ता गठबन्धन र अहिलेको सत्ता गठबन्धन सिद्धान्तहीन रहेको बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘राजनीतिक पार्टी एउटा निश्चित वर्ग आधार र दर्शनमा आधारित हुन्छ । सत्ता गठबन्धनको हेर्दाखेरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दृष्टिकोणमा कुनै भिन्नता देखेनौँ । त्यस्तै आन्तरिक मामिला र विदेश मामिला, आर्थिक मामिलामा पनि कुनै भिन्नता देखेनाँै । पार्टी फरक हुनुको अर्थ आर्थिक विषय पनि फरक हुनुपर्दथ्यो । एउटै विषय हो भने पार्टी अलगअलग किन चाहियो । नेपाली काँग्रेसले सामन्त र पुँजीपति वर्गको सेवा गर्दछ । कम्युनिष्टहरुले मजदुर किसानहरुको वकील भएर काम गर्नुपर्ने हो । एमाले र माओवादी आफूलाई कम्युनिष्ट भन्छन् तर मजदुर किसानको लागि वकील भएर काम गरेको देखिँदैन । एमाले र माओवादी साँच्चै कम्युनिष्ट हुन् भने यो पुँजीवादी सरकारमा जानु नहुने हो ।’


सांसद सुवालले एमाले र माओवादीले आफूलाई कम्युनिष्ट भन्ने गरेको भएपनि कम्युनिष्टहरको सिद्धान्तमा नहिँडेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist