• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारसँग व्यापारीहरुको मागः सहकारी समस्या तत्काल समाधान गरियोस्

नीतिप्रेस by नीतिप्रेस
November 24, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

साना तथा मझौला व्यापारीहरुले सहकारी समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।


काठमाडौंको न्युरोड क्षेत्रमा व्यापार÷व्यवसाय गर्दै आएका उनीहरुले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सहकारी क्षेत्रमा आएको संकटका कारण पनि आफूहरुको व्यवसाय फस्टाउन नसकेको प्रतिक्रिया समेत दिएका छन् । व्यापारीहरुले वैदेशिक रोजगारीमा जानेहरुको लर्कोले पनि व्यापार दिनप्रतिदिन घटदै गईरहेको बताएका छन् । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष वैकुण्ठ दाहालले सहकारीको समस्याले होलसेल बजारमा धेरै ठूलो नकारात्मक असर परेको गुनासो गर्नुभयो । उहाँले सो समस्या समाधान गर्न र बैंक तथा वित्तीय संस्थाहरुलाई साना तथा मझौला व्यापार, व्यवसायमा लोन प्रवाह गरिदिन पनि सरकारसँग माग गर्नुभयो । 
उपाध्यक्ष दाहालले भन्नुभयो, ‘बजारको अवस्था निराशाजनक छ । यसको मुख्य कारण सहकारीमा आएको समस्या नै हो । यसको कारणले बजारलाई धेरै असर गरेको छ । सहकारीबाट हाम्रो कारोबार भईराखेको थियो । यहाँ ९० प्रतिशत व्यापारीको कारोबार सहकारीबाट छ । तर अहिले सरकारीमा समस्या आएपछि यसले होलसेल बजारलाई धेरै असर गरेको छ । बैकले पनि ठूला व्यापारीहरुलाई मात्रै सहज ढंगले लोन दिने अवस्था छ । तर साना र मझौला व्यापारीहरुलाई भने लोन लिन नै कठिन छ । अन्तिममा आएर डकुमेण्ट पुगेन भनेर पनि लोन नदिने अवस्था छ । म बैंकहरुलाई भन्न चाहन्छु भने–तपाईहरुले ठूला र साना भनेर भेदभाव नगरी लोन प्रवाह गर्नुस् । अर्को कुरा यो सहकारीमा देखिएका समस्या पनि समाधान गर्नुस् । बैक तथा सहकारीले व्यवसायीलाई लगानी गरिदियो भने व्यापार गर्न सजिलो हुन्छ । सबैलाई उठन सजिलो हुन्छ । व्यवसायीको अभिभावक भनेको सरकार हो । ऊ चनाखो भईदिनु पर्दछ । दुःखमा, पीडामा, मर्कामा परेका व्यवसायीलाई सरकारले हेरिदियो भने मात्रै उनीहरुले केही गर्न सक्छन् ।’


पुस्तक व्यापारीहरु पनि युवा पुस्ता प्लस टु सकिएपछि विदेशिने क्रम बढेकाले व्यापार ठप्प भएको बताउँछन् । खाँडादेवी सेकेण्ड हेण्ड बुक सपका सञ्चालक आशिष खत्रीले गत वर्षको तुलनामा यस वर्ष पुस्तकको व्यापार ५० प्रतिशत भन्दा बढी घटेको बताउनु भयो । पढ्ने उमेरका युवाहरु विदेश जाने भएपछि व्यापार घट्ने कुरा स्वभाविकै हुने उहाँको बुझाई थियो । 
खत्रीले भन्नुभयो, ‘अहिले धेरैजसो युवाहरु प्लस टु सकिएपछि बाहिर जाने होड चलेको छ । अहिलेसम्म भन्ने हो भने हाम्रो स्कुल लेवल र कलेजको ११, १२ सम्म त ठिकठिकै जस्तो छ । तापनि सन्तोषजनक छैन । अब ब्याचलरको भन्ने हो भने जिरो नै छ । नयाँ वा पुरानो जुन पुस्तक पनि ४÷५ सेट भन्दा बढी विक्री हुने अवस्था छैन । पुरानो पुस्तक पनि ५० प्रतिशत भन्दा कम व्यापार हुने गरेको छ पहिलाको तुलनामा । अब अहिलेको व्यापार निराशाजनक छ भन्नुपर्छ ।’    


जुत्ताको व्यापार गर्दै आएका व्यवसायीहरुले पनि जुत्ता लगाउने जनशक्ति बाहिर गएकाले आफूहरुको व्यापार नभएको बताएका छन् । जुत्ता लगाउने युवा उमेरका मानिसहरु विदेशमा रोजगारीका लागि जाने क्रम बढेकाले जुत्ताको व्यापार विगतको भन्दा २५ प्रतिशत पनि हुन नसकेको दावा सुज एण्ड फेसन सेन्टरका संचालक छावाछिरिङ लामाको अनुभव छ । उहाँले बजारमा ग्राहकको नै अभाव देखिएको पनि बताउनु भयो । 
लामाले भन्नुभयो, ‘अहिले ग्राहकको फ्लो धेरै कम छ । महाबौद्धको पसलमा हामी यसरी खाली हात बस्ने त होइन नि । पहिला पहिला यतिखेर बजार प्याक हुन्थ्यो । कस्टम्बरसँग बोल्नका लागि फुर्सद नै हुदैन्थ्यो । अहिले त रिटेल भन्दा पनि होलसेल बजारको अवस्था नाजुक भईसक्यो । नेपालमा अव जुत्ता लगाउने मान्छेनै छैनन । सबै बाहिर कुद्ने बाहेक अरु कोही छैन । अहिले नेपालमा २५ प्रतिशत पनि जुत्ता लगाउने छ कि छैन भन्ने अवस्था छ ।’


भूकम्प र कोभिड महामारीपछि आफूहरुको व्यापार खस्कँदै गएको नमूना फेसन कलेक्शनका नवराज गौतमले बताउनु भयो । उहाँले सहकारीको वचत रकम फिर्ता नहुँदा पनि व्यवसाय चलाउन कठिन भएको बताउनु भयो ।  
गौतमले भन्नुभयो, ‘पहिलाको जस्तो चहलपहल छैन, बजार सुनसान छ । मन्दीका कारण यस्तो भयो भन्छन । भूकम्प, कोभिडपछिबाट नै यस्तै छ । गत वर्षको भन्दा यस वर्षको व्यापार आधी पनि छैन । धेरै कम छ  । मन्दी छ । फाईनान्समा डिपोजिट गरिएको पैसा दिएको छैन पनि भन्छन । त्यसैले पैसा हुँदैन । समस्या छ ।’


व्यापारीहरुकाअनुसार देश भित्रै रोजगारी अभिवृद्धि गर्ने र सहकारीलगायतका वित्तीय संस्थाहरुलाई व्यवसायमैत्री बनाउन सकेमात्रै मुलुकमा व्यापार व्यवसाय फस्टाउने भएकाले यस काममा सरकारले विशेष ध्यान दिनुपर्दछ । राष्ट्रिय व्यापार संघका उपाध्यक्ष दाहालले बैंकहरुले ठूलो व्यापारीहरुलाई मात्रै लोन दिने भएकाले पनि आफूहरु मारमा परेको उल्लेख गर्दै यस्तो अवस्थामा सरकारले आफूहरुको संरक्षण हुनेगरी कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने

Next Post

संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी

Next Post

संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन