Latest
Next
Prev

टर्कीमा आप्रावासी चढेको डुंगा पल्टिदा १६ को मृत्यु

टर्कीको तटीय क्षेत्रमा डुंगा पल्टिँदा १६ जना आप्रावासीको मृत्यु भएको छ । 

आप्रवासीहरूले भरिएको उक्त डुङ्गा टर्कीको उत्तरी एजियन तटबाट गुज्रिरहेको बेला भएको हो। यस दुखद घटनामा १६ जनाको मृत्यु भएको हो । 


टर्कीका कोस्ट गार्डले दुई जनालाई बचाउन भने सफल भएका छन् । यसबाहेक दुईजनाले आफै पौडी खेलेर ज्यान बचाउन सफल भएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन ।


आप्रवासी बोकेको डुङ्गा रबरको बनेको अधिकारीहरूले बताएका छन्। यो डुङ्गामा कति यात्रु सवार थिए भन्ने कुराको हालसम्म पुष्टि भएको छैन । कोस्ट गार्डले घटनास्थलमा निरन्तर खोजी कार्य गरिरहेको छ ।


सरकारी एजेन्सी अनादोलुका अनुसार मृत्यु हुनेमा ४ बालबालिका पनि रहेका छन् । मृत्यु हुनेमा कुन देशका कति जनाको मृत्यु भएको छ ? यो जानकारी खुलाइएको छैन।

अनादोलुका अनुसार अहिले १० कोस्ट गार्ड डुङ्गा र २ वटा हेलिकप्टर खोजी कार्यमा जुटेका छन् । यति मात्र होइन, घटनास्थल नजिकैको बन्दरगाहमा धेरै एम्बुलेन्स पनि तैनाथ गरिएको छ ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । किनभने डुङ्गामा सवार आप्रवासीहरूको संख्या धेरै थियो। प्रारम्भिक जानकारी अनुसार ओभरलोड भएका र छालको ठक्करबाट डुंगा पल्टिएको अनुमान गरिएको छ ।

उक्त दुर्घटनापछि अहिले घटनास्थलमा शोक छ । टर्की कोस्ट गार्डले यस हप्ता टर्कीबाट डुङ्गामा छाडेका करिब ९३ आप्रवासीलाई समातेको बताएको थियो । सायद यी आप्रवासीहरू पनि टर्की छोड्न खोजिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist