Latest
Next
Prev

किशोरीको हत्या गर्ने युवक पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा सुस्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । 


गत माघ २२ गतेदेखि कलेज जान भनेर हिँडेकी काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरकी १८ वर्षीया सुस्मा लामा बेपत्ता थिइन् । उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो । प्रहरीले हत्यामा संलग्न गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरका २१ वर्षिय रुपेन्द्र लामालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा आरोपी व्यक्तिलाई आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरी अधिकारीकाअनुसार निज हत्या आरोपी व्यक्तिले सुस्मा लामालाई विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रश्ताव राख्दापनि स्वीकार नगरिएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ ।  

प्रहरीका अनुसार माघ २२ गते कलेज जान भनि निस्किएकी लामा सम्पर्कमा आइनन् । माघ २३ गते फेसबुकमा विवाह गरेको फोटो पोष्ट गरिन् र आफू ३ दिनमा आउँछु भनेर पोष्ट गरिन् । परिवारले माघ २५ गते प्रहरी वृत्त बौद्धमा मानिस हराएको भनेर रिपोर्ट गरेसँगै प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो । एक महिनापछि फागुन २४ गते साँझ हातमात्र देखिएको अवस्थामा तारेभिरमै शव गाडिएको अवस्थामा फेला परेको र २५ गते उत्खनन् भएको जनाइएको छ । हात पेटीले कसेको र घाँटीमा टाईले कसेको अर्ध सडे गलेको अवस्थामा रहेको शव आमाले सनाखत गरेकी थिइन् ।
अभियुक्तको कोठाबाट खाल्डो खन्न प्रयोग भएको कुटो, मृतकको मोबाइल र किताव कापी समेत बरामद भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist