Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

रामभक्त र ईतु जोजिजूको युगल साँझ सम्पन्न

पोखरा,

गायक रामभक्त जोजिजू र गायिका ईतु जोजिजूको युगल साँझ सम्पन्न भएको छ । शनिबार साँझ पोखराको न्युरोड स्थित रानीमहल रेस्टुरेन्टमा कार्यक्रम सम्पन्न छ ।

रानीमहल रेस्टुरेन्टले स्थापनाको एकवर्ष पुरा गरेको अवसरमा गायन जोडी द्वय जोजिजूको युगल साँझको आयोजना गरेको थियो ।

कार्यक्रममा संगीत प्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा गायन जोडी द्वय जोजिजूले आफ्ना एकल तथा युगल गीतहरू प्रस्तुत गरेका थिए र साथै अन्य चर्चित नेपाली तथा हिन्दी गीतहरू समेत प्रस्तुत गरेका थिए ।

आफूहरूको पहिलो प्रयास भव्य र सभ्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम संयोजक रेशम रचकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएका छन् ।

कार्यक्रममा पाल्पा हाउस प्रा.लि.का अध्यक्ष कुल प्रसाद घिमिरेले कलाकारहरूलाई मायाको चिनो प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist