फागुपूर्णिमा तथा होलीको अवसरमा पृथ्वी राजमार्गमा बस सञ्चालक कम्पनी प्रा. लि.ले दुई दिन क्यु फ्रि गर्ने भएको छ ।
पोखरा– नारायणगढ तथा पोखरा– स्या गर्दै भैरहवा समेतका रुटहरूमा सञ्चालन हुने सम्पूर्ण रुट तथा सेवाहरूमा चैत्र ११ गते र अन्य तराईक्षेत्र तर्फ सञ्चालन हुने सम्पूर्ण रुट तथा सेवाहरूमा चैत्र ११ र १२ गते दुई दिन क्यु फ्रि हुने अध्यक्ष योगेन्द्र केसीले जानकारी दिनुभएको छ ।
अध्यक्ष केसीले थप्दै ११ गते क्यु फ्रि भएका दिनमा क्यु परेका गाडीहरूलाई १२ गते तथा ११ र १२ गते लगातार क्यु परेका गाडीहरूलाई चैत्र १३ र १४ गते यथावत क्यू दिने र सम्पूर्ण बस, मिनीबस, माइक्रोबस एवं जिप व्यवसायीहरूलाई यो निर्णय जानकारी दिने बताउनु भयो । केसीले १५/१५ दिने क्यू प्रणाली अनुरूप सञ्चालन हुने रुटहरूको हकमा नियमित क्यू प्रकाशन सम्बन्धमा संस्थागत रुपमा आपसी समन्वय एवं सहमतिमा निर्णयमा फेरबदल हुन सक्ने साथै मिति २०८० चैत्र ११ गते फ्रि क्यूको दिनमा कम्पनीको रजिस्टर्ड कार्यालय तथा पोखरा स्थित बुकिङ सेवा केन्द्र (काउण्टर) हरू बन्द हुने भएकाले उक्त दिन सञ्चालन गर्न चाहने गाडीहरूको लागी रजिस्टर्ड कार्यालयमा रिर्जव शुल्क लिने जानकारी दिनु भयो ।
भने चैत्र ११ र १२ गते फ्रि क्यूको दिनमा सञ्चालन हुन चाहने गाडीहरूले लामो दूरीमा सञ्चालनको लागी रु. ५,००० र मध्यम दूरीमा सञ्चालनको लागी रु. ४,००० धरौटी रकम राखी नियमित क्यूको समय सारणी अनुरूप अग्रिम बुक समेत गराई क्यूमा सञ्चालन गर्ने र त्यस्ता धरौटी राख्ने गाडीहरूले सूचना प्रकाशित मिति देखी मिति २०८०/१२/०८ गतेसम्म फ्रि क्यूमा सञ्चालनका लागी पेश भएका निवेदनहरू मध्ये मिति २०८०/१२/०९ गते बिहान ११ः०० बजे गोलाप्रथा गरी छनौटमा परेका गाडीहरूको नियमानुसार धरौटी रकम लिई क्यू प्रकाशन गरी बुकिङको व्यवस्था मिलाएको व्यहोरा समेत जानकारी दिनुभयो ।