• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

‘६० करोडको तिहार लक्षित विद्युतीय बजार ३० करोडमा खुम्चियो, ग्राहकको छैन चहलपहल’

नीतिप्रेस by नीतिप्रेस
October 28, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रसन्न ढुंगाना/आशिष अधिकारी/मेननराज राजभण्डारी
तिहार वर्षको एक पटक मात्रै आउँछ । यस वर्षको तिहार पनि सम्मुखमा छ । तिहारको बेलामा विद्युतीय सामग्रीहरुको व्यापार व्यवसाय फस्टाउने आशामा व्यवसायीहरु छन् । तर विगतको वर्षहरुमा भन्दा यस वर्ष ग्राहकहरुको माग कम आएको व्यवसायीहरु बताउँछन् । माग कम आएसँगै पसको भाडा कसरी तिर्ने भन्ने चिन्ता व्यवसायीहरुलाई छ । न त माग बढेको छ न त भनेको जस्तो व्यापार । पोहोरकै विद्युतीय सामग्रीहरु विक्री नभएकाले यस वर्ष नयाँ सामग्रहीहरु खासै नकिनेको व्यवसायीहरुको भनाइ छ । गत सालकै सामानलाई बेचिसक्ने सोचमा व्यापारीहरु छन् । तिहारमा विशेषतः विक्री हुने भनेको झिलिमिली बत्ती नै हो । तर युवाहरु विदेश जाने र नेपालमा रमाइलो गर्ने जनशक्ति कम भएकाले व्यापार व्यवसाय हुन नसकेको अनुमान व्यवसायीहरुको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटाले बजारको अवस्था कमजोर रहेको बताउनु भयो । उहाँकाअनुसार विगतका वर्षहरुमा झैँ यस वर्ष विद्युतीय सामग्रीको व्यापार छैन । कोलकताबाट वीरगञ्ज नाका हुँदै भारतबाट आउने सामानहरु आइसकेको भएपनि तातोपानी र केरुङ नाका भएर चीनबाट आउने विद्युतीय सामग्री आएका छैनन् । तातोपानी नाकाबाट केही दिनभित्रै सामग्री आउने जानकारी पाएपनि काठमाडौं केन्द्रित बजार हुने निश्चित भएको उहाँको भनाइ छ । महासंघले यस वर्षको तिहारमा ३० करोड सम्मको सामान विक्री गर्ने अनुमान छ । तर विगतका वर्षहरुमा ५०/६० करोडको बजार तिहारमा हुने गरेको बताउनु भयो । 
‘यथार्थमा भन्ने हो भने बजारको अवस्था कमजोर भएको कारणले विगतका साल जस्तो धेरै विद्युतीय सामग्री ल्याएका छैनौँ । कलकताबाट वीरगञ्ज हुँदै आउने सामानहरु लगभग आइसकेको अवस्था हो । केरुङ र तातोपानी नाकाबाट आउने सामानहरु बाटो बिग्रिएको कारणले गर्दा आउन सकिरहेको छैन ।’ उहाँ भन्नुहुन्छ, ‘त्यसकारणले यथार्थ डाटा आइसकेको छैन । हाम्रो अनुमानमा २५÷३० करोडको सामान आउँछ की भन्ने छ । नेपालको बजार विगतमा धेरै राम्रो थियो । ५०÷६० करोडको मार्केट हो ।’
अध्यक्ष देवकोटाले पोहोर सालकै विद्युतीय सामानहरु विक्री नभएकाले यस वर्ष नयाँ सामान ल्याउँदा फसिन्छ की भन्ने त्रास व्यवसायीहरुको रहेको बताउनु भयो । कन्स्ट्रक्शनका कारण राम्रो व्यापार हुने भएपनि अहिले युवा जनशक्ति बाहिर हुँदा कन्स्ट्रक्शनको काम नेपालमा कम हुँदै गएको उहाँले बताएनु भयो । उहाँले कोभिडपछि नेपालको बजार संकुचनमा रहेको बताउनु भयो । व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना बनाएर अघि बढेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘अहिले व्यवसायीहरु ल्याएर फसिन्छ की भन्ने विगतको अनुभवले गर्दा त्यति उत्साहति छैनन् । विगतमा कन्स्ट्रक्शन राम्रो थियो, युवा जनशक्ति थिए, अहिले युवा जनशक्ति छैन, कोभिडपछि यहाँको बजार संकुचनमा छ, रिकभर भइसकेको छैन । तातोपानी नाका केही दिनमा खुल्ने भन्नेछ । त्यो भनेको अन्तिम समयमा आउँदा काठमाडौं केन्द्रित मार्केट हुन्छ, त्यो भनेको व्यापार व्यवसाय खुम्चिने अवस्था छ । सबै व्यवसायीहरुसँग पोहोर सालको स्टक रहेकाले त्यो बेच्ने भन्ने योजना राख्नुभएको छ ।’
नेपाली बजारमा आउने विद्युतीय सामग्री सबैभन्दा धेरै चीन र भारतबाट आउने गर्दछन् । त्यसमाथि पनि चीनबाट धेरै आउँछन् । तेस्रो मुलुकबाट केही सामग्रीहरु मात्रै नेपाल आउने गरेको अध्यक्ष देवकोटा बताउनु हुन्छ । तिहारको बेलामा माला बत्तीहरु ल्याइने गरेको तर तिहारमा भन्दा विद्युतीय सामग्रीको व्यापार गर्नेहरुलाई दशैँअघि धेरै व्यापार हुने बताउनु भयो । अहिले युवा जनशक्ति कम हुँदा त्यो व्यापार हराउँदै गएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘चीन र भारतबाट सामानहरु धेरै ल्याउँछौँ । बाँकी केही सामग्रीहरु तेस्रो मुलुकबाट ल्याइन्छ । हामी चीन र भातरसँग निर्भर छौँ । तिहारको बेलामा माला बत्तीहरु ल्याइन्छ । हाम्रो अनुभवले के भन्छ भने तिहारमा जनरल पब्लिक भीडभाड हुन्छ, मालाबत्ती किन्नुहुन्छ । रमाइलो हुन्छ । तर हाम्रो खास क्वालिटीको हिसावको व्यापार भनेको दशैँमा हो । दशैँको बेलामा एउटा कस्टुमरले ४०÷५० हजारको सामान लिएर जाने गर्नुहुन्थ्यो ।’


सुन्धाराका विद्युतीय सामग्रीहरुको व्यापार गर्दै आउनुभएका सुशील प्रधानाङ्गले अहिले व्यापार खासै राम्रो नभएको गुनासो गर्नुभयो । नेपालीहरु अन्तिममा आएर किन्ने बानी भएकाले पनि अझै व्यापार हुने आश रहेको बताउनु भयो । सहकारीमा जम्मा पारेको रकम सहकारी ठगहरुले खाइदिएकाले पनि आम नागरिकसँग पैसा नहुँदा क्रय गर्ने सामथ्र्य नरहेको हुनसक्ने अनुमान उहाँको छ । पैसाको अभावका कारण नै बजारमा चहलपहल कम रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘व्यापार खासै अहिलेसम्म देखिएको छैन । हामी नेपालीहरु अन्तिम अन्तिममा तात्ने चलन छ तर अहिलेसम्म खासै देखिएको छैन । कारोबार धेरै नै गर्ने लक्ष्य हो तर छैन । मलाई जहाँसम्म लाग्छ, सहकारीले पैसा जुन अपचलन गरेको छ नि, त्यसको असर हामी नेपाली जनतामा परेको जस्तो मलाई लाग्छ । किनभने जे जति पैसा थियो, त्यो जम्मा गरिएको ठाउँ त्यही नै हो । मुख्य कारण पैसाको अभाव नै हो । पोहोर साल ठिकै व्यापार थियो । अहिले सर्वाइभ हुने स्थिति नै देखिएको छैन । सामान त जसरी पनि आउँथ्यो होला तर डिमाण्ड नै छैन ।’


बजारमा विद्युतीय सामग्रीको माग नै नरहेको उहाँको भनाइ छ । 
सुन्धारा क्षेत्रमै विद्युतीय सामग्रीको व्यवसाय गर्दै आउनुभएकी संगीता श्रेष्ठ पनि यस वर्ष खासै व्यापार नभएको बताउनु हुन्छ । तिहार आउन अझै केही दिन बाँकी भएकाले अन्तिमसम्म व्यापार हुने आशा रहेको उहाँको भनाइ छ । प्रविधिको समय भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने सामग्रीहरुको डिमाण्ड आउने भएपनि युवा जनशक्तिहरु बाहिर रहेकाले खासै माग नरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले रमाइलो गर्ने युवा जनशक्ति बाहिरिँदा खल्लो महशुस हुने गरेको बताउनु भयो । साथै व्यापार व्यवसाय पनि राम्रो हुन नसकेको उहाँको गुनासो छ । 
उहाँले भन्नुभयो, ‘व्यापार अहिले त्यति छैन, अब एक दुई दिनमा होला । व्यापार भनेर त्यत्ति पहिला जस्तो अब तिहार आयो भनेर लगातार मान्छे आउने छैन । तिहारको सामानहरु यहाँ भन्दा बाहिर जिल्लाबाट अर्डर आइरहेको छ । त्यो अलिअलि पठाइरहेका छौँ । अहिले टेक्नोलोजीको जमाना भएकाले मोबाइल, रिमोटबाट चलाउन मिल्ने खोज्छन् । त्यो सामानहरु प्रोभाइड त हुँदैन । सकेसम्म प्रोभाइड गरेर ग्राहकहरुलाई खुशी बनाउने प्रयासमा छौँ । यो मन्दीका कारण होला पहिला भन्दा अलि कम जस्तो लाग्छ ।’
नेपालमा अहिले वृद्धवृद्धा र बालबालिकाहरु मात्रै रहेको उहाँको ठम्याइ छ । नयाँ इनोभेसन चाहिने युवाहरु बाहिरिँदा देशमा व्यापार व्यवसाय पनि खस्किएको बताउनु हुन्छ । वार्म लाइटको माग यस वर्ष बढेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालमा बस्ने मान्छे नै धेरै छैनन् । प्रायःजस्तो बाहिर नै जान्छन् । राम्रो लगाउने, झिलिमिली गर्ने भन्ने मान्छे जति सबै विदेशिए । बुढाबुढी मात्रै छन् । नयाँ इनोभेसनको कुरा युवाहरुलाई चाहिन्छ, युवाहरु देशमै छैनन् । वार्म लाइटको यस वर्ष बढी डिमाण्ड छ ।’


व्यवसायी दुर्गा सापकोटा विगतको तुलनामा व्यापार कम रहेको बताउनु हुन्छ । प्राकृतिक प्रकोप, पैसाको कमीका कारण पनि ग्राहकहरु नआएको हनुसक्ने उहाँको अनुमान छ । उहाँ भन्नुहुन्छ, ‘दीपावलीको लागि व्यापार कम नै छ । हुनत समय आउन अझै बाँकी नै छ । भनेको जस्तो व्यापार भएको छैन । प्राकृतिक प्रकोप, पैसाको कमी पनि छ । त्यसैले पनि ग्राहक कम आउनुभएको छ ।’


व्यवसायी बाबुराम घिमिरेले असोजको तुलनामा कार्तिक लागेपछि विद्युतीय सामग्रीहरुको व्यापार बढेको बताउनु भयो । बजारमा विगतको तुलनामा खासै चहलपहल भने नरहेको उहाँको भनाइ छ । विद्युतीय सामग्रीहरुको बजार मूल्य भने विगतको सरह नै रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘कार्तिक लागेपछि व्यापार केही न केही सुध्रिएको छ । चहलपहल त खासै छैन । पोहोर सालको भन्दा यस वर्ष पाउने रेट सस्तो छ ।’


अर्का व्यवसायी अमित केडिया भने पहिलाको तुलनामा व्यापार धेरै नै कम रहेको बताउनु हुन्छ । पहिलाको भन्दा ६०÷७० प्रतिशतले व्यापार कम रहेको बताउनु भयो । देशको आर्थिक् अवस्था पनि व्यवसाय नफस्टाउनुको एउटा कारण हनुसक्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले विगतका वर्षहरुमा भ्याइनभ्याइ हुने व्यवसायीहरु अहिले खालि रहेको बताउनु भयो । उहाँले सरकारले विद्युतीय सामग्रीहरुको व्यापार गर्नेहरुमाथि ध्यान दिनुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘पहिलाको तुलनामा अहिले व्यापार छैन । व्यापार एकदमै छैन । देशको आर्थिक अवस्थाले हो की के हो । पहिलाको भन्दा ६०÷७० प्रतिशतले घटेको छ । तिहारको समयमा पनि हामी खालि छौँ । विगतका वर्षहरुमा भ्याइनभ्याइ हुन्थ्यो । सरकारले पनि यो विषयमा कुनै ध्यानाकर्षण गरेको छैन ।’


व्यवसायी राज नेपालले व्यवासायीहरुलाई तिहारको समयमा पनि व्यापार नहुँदा चिन्ता लागेको बताउनु भयो । उहाँले तुलनात्मक रुपमा यस वर्ष व्यापार कम रहेको बताउनु भयो । उपभोक्ताहरु र व्यवसायीहरुमा पनि उत्साह नपाएको बताउनु भयो । सरकारले व्यवसायीहरुलाई बचाउने काम गर्नुपर्ने उहाँको माग छ ।
उहाँले भन्नुभयो, ‘व्यापारीहरुलाई व्यापार नभएर चिन्ता छ । तुलनात्मक रुपमा यस वर्ष व्यवसायिक रुपमा र अरु हिसावले पनि खासै उत्साह छैन । यतिबेला राम्रै चाप हुनुपर्ने बेला हो । तर अघिल्ला वर्षहरुको जस्तो ठूलो चाप छैन । व्यवसायीहरुलाई कसरी हुन्छ सरकारले बचाउने काम गर्नुपर्छ । बजारमा चहलपहल गर्नेकाम गर्नुपर्छ । यस्तै अवस्था भइरहे व्यवसायीहरु धेरै पलायन हुने अवस्था आउँछ ।’


व्यवसायी नेपालले बजारमा चहलपहल हुने काम सरकारले गर्नुपर्ने बताउनु भयो । उहाँले यस्तै अवस्था भइरहे व्यवसायीहरु केही समयपछि आफैँ पलायन हुने बताउनु भयो । व्यवसायीकाअनुसार यस वर्ष विगतको तुलनामा विद्युतीय सामग्रीहरुको माग धेरै कम छ । ग्राहकहरु पनि बजारमा किनमेलका लागि पुगेका छैनन् । देशको आर्थिक अवस्थाका कारण हुनसक्ने कतिपयको अनुमान छ । अन्तिमसम्ममा व्यापार हुने आशामा रहेको उनीहरु बताउँछन् ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

आफ्नो कार्यकालमै काठमाडौंमा पानीको समस्या समाधान गर्ने खानेपानीमन्त्री यादवको प्रतिवद्धता

Next Post

भक्तपुरका प्रजापती समुदायको गुनासोः माटोका भाँडा बनाउन माटै पाउन छोड्यो

Next Post

भक्तपुरका प्रजापती समुदायको गुनासोः माटोका भाँडा बनाउन माटै पाउन छोड्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन