Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

पाकिस्तानमा आतंकवादी हमलाः ५ चिनियाँ नागरिक र १ पाकिस्तानी मारिए

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा (केपी) प्रान्तमा मंगलवार भएको आतंकवादी हमलामा पाँच चिनियाँ नागरिक र एक पाकिस्तानीको मृत्यु भएको पाकिस्तानस्थित चिनियाँ दुतावासले पुष्टि गरेको छ ।

आक्रमण दिउँसो १ बजे भएको थियो । प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत आयोजनाको गाडीमा आतङ्ककारीहरूले आक्रमण गरेको दुतावासले जनाएको छ ।

यो घटना प्रान्तको साङ्ला क्षेत्रमा भएको थियो ।

घटनाको अनुसन्धानका लागि इलाकालाई घेराबन्दी गरिएको छ । घाइतेहरूलाई अस्पताल लगिएको छ । दुतावासले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र आयोजनाको सुरक्षाका लागि व्यवहारिक र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन पाकिस्तानी पक्षले ध्यानाकर्षण गराएको छ ।

आक्रमणको अहिलेसम्म कुनै समूहले दाबी गरेको छैन । यस घटनाको देशका राष्ट्रपति आसिफ अली जर्दारीले पनि निन्दा गर्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist