• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संघीय संसदमा फेरि बिजनेसको अभाव

नीतिप्रेस by नीतिप्रेस
March 27, 2024
in अन्य, अर्थ/वाणिज्य, जीवनशैली, फिचर, राजनीति, विचार, विविध, समाचार
0
Newly elected members of the National Assembly, the Upper House in the Federal Parliament, taking oath of office and secrecy, at Parliament building in New Baneshwor, Kathmandu, on Wednesday, March 4, 2020. Photo: Nepal Parliament

Newly elected members of the National Assembly, the Upper House in the Federal Parliament, taking oath of office and secrecy, at Parliament building in New Baneshwor, Kathmandu, on Wednesday, March 4, 2020. Photo: Nepal Parliament

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सरकारको बेवास्ताको परिणाम संघीय संसदको दुवै सदनले बिजनेस बिहिन भएर बस्नुपरेको छ ।

[adrotate banner=”6″]

२४ वटा विधेयक विचाराधिन अवस्थामा रहेको संघीय संसदमा तत्काल एउटा विधेयक मात्रै पारित हुने अवस्थामा छ । राष्ट्रिय सभाको प्रतिवेदनसहित प्रतिनिधि सभामा आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पारित हुने अवस्थामा छ । [adrotate banner”3″]

बाँकी २३ वटा  विधेयक संघीय संसदको  विभिन्न समितिमा विचाराधिन छन् । सबै विधेयकहरु समितिमा छलफलकै क्रममा रहेका छन्, कुनैपनि विधेयक पारित भएर फुल हाउसमा जाने अवस्थामा छैनन् । गत माघ २२ गतेबाट शुरु भएको प्रतिनिधि सभाको तेस्रो अधिवेशन र राष्ट्रिय सभाको पन्ध्रौँ अधिवेशनको यतिका दिनसम्म आइसक्दा पनि विधेयक पारित गर्ने सन्दर्भमा उल्लेख्य प्रगति हासिल हुन सकेको छैन । संसदको पुरानै नियतिको रुपमा रहेको संसद अवरोधको श्रृङ्खला चलिरहेकै छ भने दलहरुको आपसी दाउपेच र सरकार गठन, पुनर्गठनहरुले पनि विधेयक निर्माण र छलफलमा असर पु¥याइरहेको छ । विधेयक अधिवेशनको रुपमा मानिने चालु अधिवेशनमा पनि विधेयकहरु पारित हुन नसक्दा संघीयता कार्यान्वयन नै चुनौतिपूर्ण अवस्थामा रहेको छ । मंगलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको दुवै सदनमा जम्मा २४ वटा विधेयक रहेको बताउनु भयो ।

[adrotate banner=”4″]

जसमध्ये प्रतिनिधि सभामा २३ वटा र राष्ट्रिय सभामा एकवटा विधेयक रहेकोे जानकारी दिनुभयो । सहायक प्रवक्ता धमलाकाअनुसार प्रतिनिधि सभामा ९ वटा विधेयक विचाराधिन अवस्थामा छन् । त्यस्तै प्रतिनिधि सभाको विभिन्न समितिमा १२ वटा विधेयक रहेका छन् भने राष्ट्रिय सभाको समितिमा एउटा विधेयक छ । त्यसैगरी प्रतिनिधि सभामा पेश हुन बाँकी अवस्थामा दुई वटा विधेयक रहेका छन् ।

[adrotate banner=”5″]

जुन भर्खरै दर्ता भएका विधेयकहरु हुन् भने संसदको चालु अधिवेशनमा प्रतिनिधि सभाले एउटा र राष्ट्रिय सभाले एउटा गरी जम्मा दुईवटा विधेयक पारित गरेको छ ।
प्रतिनिधि सभामा ९ वटा विधेयक, एउटा पारित गर्न सकिने अवस्थामा
सहायक प्रवक्ता धमलाकाअनुसार राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०, संघीय निजामती सेवा विधेयक २०८०, निर्माणमुखी सामग्री (व्यवस्था तथा नियमन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रतिनिधि सभामा रहेको छन् । त्यस्तै राष्ट्रिय सभाबाट सन्देशसहित प्रतिनिधि सभामा टेबुल भएको अवस्थामा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९, विद्युतीय व्यापार विधेयक, २०८०, शहीद दशरथ चन्द विश्वविद्यालय विधेयक, २०८० र विधायन सम्बन्धी विधेयक, २०८० रहेका छन् । उहाँले राष्ट्रिय सभाबाट प्रतिवेदनसहित आएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ पनि प्रतिनिधि सभामा रहेको र प्रतिनिधि सभाबाट छलफल गरी पारित हुने अवस्थामा रहेको यो एउटा मात्रै विधेयक रहेको बताउनु भयो । यता, राष्ट्रिय सभातर्फ भने कुनैपनि विधेयक नरहेका उहाँले स्पष्ट पार्नुभयो । 
समितिहरुमा १३ वटा विधेयक विचाराधिन
प्रतिनिधि सभाका विभिन्न समितिमा रहेका विधेयकहरुमध्ये राज्य व्यवस्था तथा सुशासन समितिमा ४ वटा विधेयकहरु रहेका छन् । अनुगमन तथा मूल्यांकन विधेयक, २०७६, अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६, भ्रष्टाचार निवारण(पहिलो संशोधन) विधेयक, २०७६ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था समितिमा छलफलका क्रममा रहेका सहायक प्रवक्ता धमलाले जानकारी दिनुभयो । त्यस्तै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, विद्यालय शिक्षा विधेयक, २०८०, नेपाल विश्वविद्यालय विधेयक, २०७९ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ रहेका उहाँले बताउनु भयो । उहाँकाअनुसार कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० र बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक छन् । त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ छ भने पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० छ । राष्ट्रिय सभातर्फ भने सुरक्षित कारोबार(पहिलो संशोधन) विधेयक, २०८० समितिमा रहेको उहाँले जानकारी दिनुभयो ।
भर्खरै दर्ता भए दुई विधेयक, ३ वटा संसदीय प्रश्ताव पनि दर्ता
संसदमा भर्खरै दर्ता भएर वितरण गरिएका दुईवटा विधेयकहरु छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी(पहिलो संशोधन) विधेयक, २०८० र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व(पहिलो संशोधन) विधेयक, २०८० भर्खरै दर्ता भएका विधेयकहरु हुन् । प्रतिनिधि सभामा दुईवटा जरुरी सार्वजनिक महत्वको प्रश्ताव र एउटा संकल्प प्रश्ताव दर्ता भएको अवस्था छ । एउटा जरुरी सार्वजनिक महत्वको प्रश्तावमा सवारी दुर्घटनाको कारणहरुको बारेमा छलफल गरी समाधानको उपायको खोजी गर्न आवश्यक भएकोले भनि दर्ता गरिएको छ भने अर्को रसिया–युक्रेन युद्धमा नेपालीहरुको सहभागिता भएको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउन आवश्यक भएकोले भनि दर्ता भएको छ । संकल्प प्रस्ताव भने विवाह गर्नुपूर्व स्थानीय तहले प्रमाणित गरेको नावालिका प्रमाणपत्र पेश गर्ने व्यवस्था गरियोस् भन्नका लागि दर्ता भएको अवस्थामा रहेको धमलाले जानकारी दिनुभयो ।
एक गैरसरकारी विधेयकउपर कारबाही अगाडी बढेन, सन्धि÷सम्झौताको छलफल प्रारम्भ 
प्रतिनिधि सभामा एउटा गैर सरकारी विधेयक दर्ता अवस्थामा छ । प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले औषधि तथा स्वास्थ्य सामग्री(नियमन तथा नियन्त्रण) विधेयक, २०८० दर्ता गर्नुभएको हो । विधेयकमा कुनै काम, कारबाही अगाडी बढेको छैन । यता सन्धी÷सम्झौताहरुको अवस्था हेर्दा ँचबmभधयचप ब्नचभझभलत यल तजभ भकतबदष्किजmभलत या तजभ क्ष्लतभचलबतष्यलब िक्यबिच ब्ििष्बलअभ९क्ष्क्ब्० अनुमोदनको लागि प्रतिनिधि सभाको गत चैत्र ५ गतेको बैठकमा प्रस्तुत गरिसकिएको अवस्था छ । अर्को, बिमस्टेक वडापत्र अनुमोदनको लागि गत चैत्र ५ गतेको बैठकमा सामान्य छलफल प्रारम्भ भएको छ ।
राष्ट्रिय सभा बिजनेस बिहिन, प्रतिनिधि सभामा सामान्य बिजनेस
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका सहायक प्रवक्ता धमलाले प्रतिनिधि सभामा केही समयका लागि बिजनेस देखिएपनि आगामी चैत्र १५ गतेको बैठकपछि राष्ट्रिय सभा बिजनेस बिहिन हुने बताउनु भयो । प्रतिनिधि सभामा ९ वटा विधेयक विचाराधिन रहेको अवस्थामा सोही उपर बैठकमा छलफल हुनसक्ने उहाँले बताउनु भयो । तर राष्ट्रिय सभालाई संसदको क्यालेण्डर बनाउनका लागि समेत कार्यसूचिमा राख्न योग्य विधेयक र विषयको समेत अभाव छ । आगामि बैठक शुन्य समय विशेष समय दिएर लम्ब्याउनुको विकल्प छैन । आगामि हप्ताभित्र प्रतिनिधि सभाले विधेयक नपठाए वा सरकारले विधेयक दर्ता नगरे राष्ट्रिय सभाको बैठक नै  बस्नसक्ने अवस्था छैन ।  
चालु अधिवेशनमा दुई विधेयक पारित भए
सहायक प्रवक्ता दशरथ धमलाले प्रतिनिधि सभाको चालु अधिवेशनमा दुवै सदनले दुईवटा विधेयकहरु पारित गरेको बताउनु भयो । दुवै सदनबाट सम्पती शुद्धीकरण(मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक र अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ पनि पारित भएको उहाँले बताउनु भयो । यि दुवै विधेयक प्रमाणित हुने चरणमा रहेको उहाँको भनाई छ ।

Previous Post

दक्षिण लेबनानमा इजरायली हमलामा २ जनाको मृत्यु, ३ जना घाइते

Next Post

पाकिस्तानमा आतंकवादी हमलाः ५ चिनियाँ नागरिक र १ पाकिस्तानी मारिए

Next Post

पाकिस्तानमा आतंकवादी हमलाः ५ चिनियाँ नागरिक र १ पाकिस्तानी मारिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन