Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

दक्षिण लेबनानमा इजरायली हमलामा २ जनाको मृत्यु, ३ जना घाइते

दक्षिणी लेबनानी गाउँहरूलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा दुई हिजबुल्लाह लडाकुको मृत्यु भएको छ भने तीन जना सर्वसाधारण घाइते भएका छन् ।

इजरायली आक्रमणले मेस अल–जबलको दक्षिणपूर्वी गाउँमा दुई तले घरलाई निशाना बनाएको थियो । जसमा एक हिजबुल्लाह लडाकुको मृत्यु भएको हो । दुई जना सर्वसाधारण घाइते भएका छन् ।

यसैबीच लेबनानी सशस्त्र समूह हिजबुल्लाहले आफ्ना लडाकुहरूले नवगठित लिमान बटालियनको मुख्यालय, बारानीत ब्यारेक, अल–मलिकियाह, जेब्दीन, रुवाइसात अल–आलम, तलेट अल–तैहात, अल–जर्दह र इजरायली क्षेत्रहरूमा आक्रमण गरेको बताएको छ । लेबनान–इजरायल सीमा अक्टोबर ८, २०२३ देखि बढ्दो तनावमा छ ।

हिजबुल्लाह र इजरायल बीचको भिडन्तमा लेबनानी पक्षमा २४१ हिजबुल्लाह सदस्यहरू र ७३ नागरिकहरूसहित ३६७ व्यक्तिको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist