क्रोकस सिटी हल कन्सर्ट स्थलमा भएको आतंकवादी हमला कट्टरपन्थी इस्लामवादीहरूले गरेको रुसले बताएको छ ।
आक्रमणमा युक्रेनी गुप्तचर सेवाहरू प्रत्यक्ष रूपमा संलग्न रहेको रूसको संघीय सुरक्षा सेवा (एफएसबी) का निर्देशक अलेक्ज्याण्डर बोर्टनिकोभले बताउनु भयो ।
पश्चिमी गुप्तचर र युक्रेनलाई रुसी समाजमा आतंक सिर्जना गर्न क्रोकस सिटी हल आतंकवादी हमला गरेको बताउनु भयो ।
यसअघि युक्रेनी अधिकारीहरूले आक्रमणमा युक्रेनको संलग्नताको दाबीलाई बारम्बार अस्वीकार गर्दै आएका छन् । उपनगरीय मस्कोको क्रोकस सिटी हल कन्सर्ट स्थलमा गत शुक्रवार आक्रमण भएको थियो ।
आक्रमणपछि आगलागी भएको थियो । रुसी अनुसन्धान समितिले आतंकवादी हमलामा कम्तीमा १३९ जनाको ज्यान गएको बताएको छ ।