कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं–४ भदौरे देउराली नजिकै रहेको थामडाँडा घुम्तीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जिप आइतबार पौने ४ बज दुर्घटनामा परेको हो ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा पोखरा वडा नं–२३ का ६० वर्षका लक्ष्मण सुनार र ५२ वर्षका जयराम सुनार रहेका छन् । जिप सडकबाट अन्दाजी १०० मिटर तल खस्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ । भने घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कालिका गण, नेपाल प्रहरी, स्थानीय बासिन्दा उद्धार कार्यमा जुटेका थिए ।