Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

१० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्दै प्रदेश खेलकुद परिषद गण्डकी

पोखरा ,

प्रदेश खेलकुद परिषद गण्डकीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु गरेको हो । परिषदमा आइतबार खेल संघहरू सँग बैठक बसी १० औं राष्ट्रिय खेलकुदको तयारी सुरु गर्न सम्पूर्ण खेल संघहरूलाई निर्देशन दिएको हो । परिषदले सबै खेल संघहरूलाई बैशाख भित्र सबै खेलहरू सम्भव भएका खेलहरूको प्रतियोगितामार्फत अथवा सम्भव प्रतियोगिता सम्भव नभएका खेलहरूको सोझै खेलाडीहरूको छनौट गर्ने बताएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८१ सालको मंसिर महिनाको २ देखि ९ गतेसम्म आयोजना हुने राष्ट्रिय खेलकुद परिषदले यस अघि नै घोषणा गरिसकेको थियो । खेल संघहरुको बैठकमा परिषदका सदस्य सचिव श्रीधर शर्माले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता बैशाखमा हुने र यसको पूर्व तयारीका लागि करिव १ करोड ७५ लाख खर्च हुने बताएका हुन् । छनौट प्रतियोगिताहरू एक जिल्लामा मात्रै सीमित नगरी सम्भव भए सम्म प्रदेशका सबै जिल्लामा आयोजना गरी तयारी गर्न समेत सदस्य सचिव शर्माले खेलकुद संघहरुलाई आग्रह गरेका छन् । सदस्य सचिव शर्माले सबै खेलसंघहरुलाई चैत्र मसान्त सम्म दर्ता र नवीकरण गर्न निर्देशन दिँदै नवीकरण नगर्ने खेलसंघहरूले लेटर प्याड वा छाप प्रयोग गरेमा परिषदले छाप किर्तेमा मुद्धा चलाउने चेतावनी दिँदै खेल संघहरुको समस्या समाधान गर्न र बलियो बनाउन परिषदले सहयोग र सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।

“परिषद खेल संघहरूलाई बलियो बनाउन सहकार्य गर्न तयार छ”, उनले भने–“समाजमा हामीले खेल संस्कृतीको सन्देश दिने हो तर त्यस भन्दा अघि संघ आफैमा मर्यादित, पारदर्शी सँगै आर्थिक शुसासन कायम गर्न नवीकरण र दर्ता पहिलो शर्त हो ।” बैठकमा प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य ऋषिराम गौतम, कार्यालय प्रमुख तोपलाल भुसाल, ३६ वटै खेल संघका अध्यक्ष तथा पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist