Latest
समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा
Next
Prev

पोखरामा जुनियर टेनिस प्रतियोगिता हुँदै

पोखरा,

पोखरामा ‘तेस्रो मनुश्री ̸ भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता’ हुने भएको छ । आयोजक कास्की जिल्ला टेनिस संघले जुनियरमा सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता गरिने बताएको छ । चैत २१ देखि २५ गतेसम्म पोखरा रङ्गशालाको टेनिस कोर्टमा प्रतियोगिता आयोजना गरिने भएको छ ।

१४ इभेन्टमा पुरुषतर्फ ४० र महिलातर्फ ३० खेलाडी प्रतिस्पर्धामा उत्रने प्रतियोगिता निर्देशक प्रीति बरालले बताएकी छिन् । बरालका अनुसार यू–८, यू–९, यू–१०, यू–१२, यू–१४ र यू–१६ पुरुष र महिलाको सिंगल्स र ओपन डबल्समा प्रतिस्पर्धा हुने भएको छ । २ लाख ३१ हजार रुपैयाँ पुरस्कार राशीमा खर्च हुने कास्की टेनिस संघका उपाध्यक्ष राजु गुरुङले बताएमा छन् ।

यू–१२ का विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँसहित मेडल प्राप्त गर्नेछन् ।भने यू–१४ का विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय रुपैयँँ सहित मेडल प्राप्त गर्नेछन् । यू–१६ का विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँ पाउनेछन् ।् भने अन्य इभेन्टका विजेता र उपविजेतालाई पनि नगदसहित प्रमाणपत्र प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist