टर्की प्रहरीले आईतवार ५८.२ किलोग्राम सिन्थेटिक लागुऔषध चक्की बरामद गरेको छ । उत्तरपश्चिमी सीमा प्रान्त एडिर्नेमा दुई संदिग्धलाई पक्राउ गरेको टर्की प्रहरीले जनाएको छ । लागुऔषध तथा तस्करी बिरोधी टोलीले बुल्गेरियासँगको कपिकुले सीमा नाका हुँदै टर्की प्रवेश गर्ने दुईवटा ट्रकमा छापा मारेको थियो । टर्कीका सुरक्षा अधिकारीहरूले राष्ट्रव्यापी लागुऔषध दुरुपयोग बिरुद्ध लड्न आफ्नो प्रयासको एक भागको रूपमा देशभर लागुऔषध तस्करहरू बिरुद्ध नियमित रूपमा कारबाहीहरू शुरु गरिरहेको छ ।