Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

गर्मी बढे्सँगै भारतले थाल्यो गर्मी सम्बन्धी रोग व्यवस्थापनको तयारी

भारतले अप्रिल र जुनको बीचमा अत्यधिक गर्मीको सामना गर्नुपर्ने भन्दै स्वास्थ्य उपचारको तयारी थालेको छ । देशमा गर्मी सम्बन्धी रोगहरूको लागि जनस्वास्थ्य तयारीको समीक्षा गरिएको हो । बुधवार बसेको बैठकमा स्वास्थ्यमन्त्री मनसुख मण्डवीयले गर्मीका कारण हुने रोग र मृत्युका घटनाको क्षेत्रगत तथ्याङ्क बाँड्नका लागि राज्यबाट प्राप्त जानकारीसहितको केन्द्रिय डाटाबेस निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । समयमै सल्लाह र रोकथामका उपायहरूबारे जनतामा व्यापक चेतनाले गर्मी सम्बन्धी रोगहरुलाई कम गर्न सकिने बतउनु भयो । बैठकले गर्मीका कारण लाग्ने रोगको प्रभावकारी व्यवस्थापनमा राम्रो समन्वय र सहकार्यका लागि आह्वान गरेको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी) ले देशले अप्रिलदेखि जुनसम्म अत्यधिक गर्मीको सामना गर्ने जनाएको छ । यसैबीच जलवायु परिवर्तन र मानव स्वास्थ्यका लागि भारतको राष्ट्रिय कार्यक्रमले अत्यधिक गर्मीमा सार्वजनिक स्वास्थ्य सल्लाहकारमा शारीरिक परिश्रम, प्रत्यक्ष घाम, भीडभाड र छायाँ वा पानीमा कठिन पहुँचले कमजोर मानिसहरूको स्वास्थ्य बिग्रन सक्ने चेतावनी दिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist