इरानले इजरायलमाथि दर्जनौं ब्यालिस्टिक मिसाइल र सयौं ड्रोनको संयुक्त आक्रमण गरेको छ । साथै इजरायलभर हवाई आक्रमणको चेतावनी दिएको छ । जेरुसेलम, दक्षिणमा नेगेभ मरुभूमि र मृत सागर, उत्तरमा इजरायलले कब्जा गरेको गोलान हाइट्स र कब्जा गरिएको वेस्ट बैंकमा चेतावनी दिएको थियो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले इजरायलमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ । लगभग ४ देखि ५ सय ड्रोनहरूबाट आक्रमण गरिएको थियो । सय बढीलाई इजरायल पुग्नुअघि सहयोगी देशहरूले रोकेका थिए । इरानबाट इजरायलतर्फ धेरै क्रुज मिसाइलहरू पनि प्रहार गरिएको बताइएको छ । अप्रिलको शुरुवातमा सिरियाको दमास्कसमा रहेको कन्सुलर भवनमा सात इरानी अधिकारीको हत्याको बदला लिने इरानी धम्कीपछि इजरायल विगत केही दिनदेखि उच्च सतर्कतामा रहेको छ ।