इराकको राजधानी बग्दादमा शनिवारदेखि १९ वटा देशका ११२ वटा हतियार उत्पादन कम्पनीको सहभागितामा १२ औँ अन्तर्राष्ट्रिय सुरक्षा तथा रक्षा प्रदर्शनी जारी छ । चार दिनसम्म चल्ने उक्त कार्यक्रममा मानवरहित हवाई सवारी, क्षेप्यास्त्र, तोप, बख्तरबन्द सवारी साधन, राडार, रकेट लन्चर, मेसिन गन र ग्राउण्ड सपोर्ट इक्विपमेन्ट जस्ता अत्याधुनिक उपकरणहरू एकसाथ राखिएको छ । इराकी रक्षामन्त्री थाबेट मोहम्मद अल–अब्बासीले उद्घाटन गर्दै समारोहमा इराकले नवीनतम विश्वव्यापी प्रविधिहरूको बारेमा सिकेर र सैन्य–प्राविधिक क्षेत्रमा अनुभवहरू आदानप्रदान गरेर आफ्नो सशस्त्र सेनाको रक्षा क्षमता बढाउन चाहेको बताउनु भयो ।