टर्की प्रहरीले इस्लामिक स्टेट (आईएस) समूहका ३६ संदिग्ध सदस्यलाई पक्राउ गरेको छ । देशका आन्तरिक मन्त्री अली येर्लिकायाले यसबारेमा जानकारी दिनुभएको हो । संदिग्धहरूलाई टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुल, साथै कायसेरी, इज्मिर र एस्कीसेहिर प्रान्तहरूमा हिरासतमा राखिएको थियो । केही संदिग्धहरू कथित रूपमा समूहको आर्थिक नेटवर्कमा संलग्न रहेको पाइएको छ । प्रहरीले कारबाहीका क्रममा बन्दुक, लाइसेन्स नभएको पेस्तोल, ठूलो परिमाणमा विदेशी तथा टर्की मुद्राका साथै धेरै डिजिटल सामग्री बरामद गरेको छ ।