• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अन्तर्राष्ट्रिय श्रमिक दिवसः ‘कामको प्रतिक्षामा बित्छ श्रमिकको दिन’

नीतिप्रेस by नीतिप्रेस
May 1, 2024
in अन्तर्राष्ट्रिय समाचार, जीवनशैली, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

विराटनगरसँग धेरैका आशा, अपेक्षा र सपना जोडिनु स्वभाविक हो । किनभने कोशी प्रदेशको राजधानी हो विराटनगर । राजधानी भएसँगै मानिसको उपस्थिति बाक्लिनु, सेवा सुविधा अन्य स्थानको तुलनामा बढी हुनु स्वभाविक हुन्छ नै । त्यसैले पनि विराटनगरसँग धेरै मानिसहरु यस्तै आशा र अपेक्षा बोकेर काम खोज्दै शहर प्रवेश गर्ने गर्दछन् । तर पनि अनौपचारिक क्षेत्रमा मजदुरी गर्ने श्रमिकहरूले काम पाउन सकेका छैनन् । बिहान–बेलुकाको छाक टार्न विराटनगर आउने श्रमिकको दिन कामको प्रतिक्षामै बित्ने गरेको छ । विराटनगर महानगरपालिकासहित मोरङका अन्य पालिका र सुनसरीका श्रमिक घरायसी कामदेखि निर्माणका काम हुँदै विभिन्न उद्योग–कलकारखानामा काम पाउने अपेक्षाका साथ विराटनगर प्रवेश गर्दछन् । मजदुर आन्दोलनमा महत्वपूर्ण योगदान बोकेको विराटनगरका भूमि प्रशासन चोक, पञ्चमुखी हनुमान चोक, घाँसचोक, भट्टाचोकमा भेला हुन्छन् र काम दिनेहरूको पर्खाइमा बस्छन् । 
साइकलमा कोदालो, बेल्चा बोकेर विराटनगर आइपुग्ने श्रमिकको भीड देख्न सकिन्छ । दिउँसोसम्म कामकै प्रतिक्षामा उनीहरुको समय बित्छ । काम पाउनेहरू खुशी हुँदै बाटो तताइरहँदा काम नपाउनेहरू काम दिनेहरूको प्रतिक्षा गरिरहन्छन् । झन् भारतीय मजदुरले सस्तैमा काम गरिदिँदा काम पाउन सकस भइरहेको उनीहरूको गुनासो छ । मजदुर गोपालकृष्ण राजवरले काम पाउन धेरै गाह्रो रहेको बताउनु भयो । उहाँले बाहिरको मानिसले सस्तोमा काम गरिदिँदा काम पाउन समस्या भएको बताउनु भयो । 


घर निर्माणको काम लिने ठेकेदारले विराटनगरका विभिन्न स्थानबाट यस्ता श्रमिकलाई काममा लिएर जाने गरेका छन् । केही व्यक्तिले घरायसी कामका लागि पनि उनीहरूलाई लैजान्छन् । माटो खन्नेदेखि बाटो खन्नेसम्म काम श्रमिकले पाउँछन् । तर डोजर र ट्रयाक्टरका कारण अहिले उनीहरूले काम पाउन छोडेका छन् । केही श्रमिकले त महिनौंदेखि काम पाएका छैनन् । तरपनि काम पाउने आशामा आफ्नो घरदेखि विराटनगर ओहोरदोहोर गरिरहन्छन् । काम नपाउँदा भोकै घर फर्किएर अर्काको खेतमा मजदुरी गर्न बाध्य हुनुपर्ने उनीहरूको दुखेसो छ । मजदुर शम्भू रावरले काम पाँच दिनमा एक दिन पाउने गरेको बताउनु भयो । उहाँले 


बिहान भोकै विराटनगर आइपुगेका उनीहरू काम नपाएर निराश हुँदै गाउँतर्फ नै पाइला चाल्नु बाहेकको कुनै विकल्प देख्दैनन् । आफू भोकै घर पुग्दा परिवारको पनि उस्तै हाल हुन्छ । निर्माण क्षेत्रमा काम गर्ने, साना तथा मझौला व्यवसायमा खटिने र ज्यालामजदुरी गर्ने श्रमिकहरूले केही वर्ष यता काम नपाउने समस्या झेल्दै आएका छन् । आफूहरूको समस्या समाधान गर्न मजदुर नेता लागि परून् भन्ने चाहना उनीहरूको छ । मदजदुर मञ्जे लम्सालले काम नहुँदा भोकै घर फर्किनुपर्ने समस्या रहेको बताउनु भयो । 


आठ घण्टा काम गरेका पुरुषले ६ सय रुपैयाँ र महिलाले पाँच सय रुपैयाँ ज्याला पाउँछन् । कामसमेत लैंगिक विभेद गर्ने ठेकेदारहरूले श्रमिकको पसिनाको पनि कमिसन खान्छन् । नेपालका श्रमिकरूको संगठन हुन्छ, कामको सिलसिलामा ज्यान गए राजनीति हुन्छ भनेर नै ठूला उद्योग कलकारखानाले भारतीय श्रमिकलाई काममा लगाउँछन् । नेपालका श्रमिक भने यसको मारमा परेका छन् । नेपाल समाजवादी ट्रेड युनियन महासंघका उपाध्यक्ष तेजलाल कर्णले खुला सीमाना भएकाले भारतबाट कामदारहरु नेपाल आएर नेपाली कामदारहरु भन्दा सस्तोमा काम गरिदिँदा पनि समस्या आएको बताउनु भयो । 


हरेक वर्ष उनीहरू जस्तै श्रमिकलाई मध्यनजर गर्दै ‘मे दिवस’ मनाइन्छ । तर धेरै श्रमिकलाई आज विश्व मजदुर दिवस हो थाहा हुँदैन । स्थानीय निर्वाचन होस् वा संसदीय चुनाव । मजदुरका समस्या औंल्याउँदै धेरैले चुनाव जित्छन् । तर उनीहरूको समस्या भने ज्युँका त्युँ छन् । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

आइपिएलमा आज चेन्नई र पञ्जाव भिड्दै

Next Post

मेजर वीर सिंहको १२२ औँ जन्मजयन्ती मनाइयो

Next Post

मेजर वीर सिंहको १२२ औँ जन्मजयन्ती मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन