[adrotate banner =”6″]
पोखरा,
मेजर वीर सिंह स्मृति प्रतिष्ठानले आधुनिक पोखराको जनक मेजर सिंह गुरुङको १२२ औँ जन्मजयन्ती एवं संस्थाको ११ औं वार्षिक मया आज पोखरामा मनाइयो ।

कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्री कृष्ण श्रेष्ठले मेजर वीर सिंहले समाजलाई ठूलो योगदान दिएकाले उनको सधैँ स्मरण हुने बताउनुभयो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. वुद्धि बहादुर थापाले स्वास्थ्य सेवामा दक्षजनशक्तिको खाँचो भएको जनाउँदै मेजर वीर सिंहले थप गरेको स्वल्जर्स बोर्ड अस्पताल अहिले स्वास्थ्य विज्ञानमा परिणत हुनु ठुलो उपलब्धि भएको बताउनु भयो ।
प्रतिष्ठानका अध्यक्ष डा. कृष्ण केसीको सभापतित्व मा भएको हो कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निरीक्षक डा. भरत खत्री, अमर सिंह मा.वि .का व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद कोइराला, सचिव इन्द्र बहादुर गुरुङ, उपाध्यक्ष देवी राज गुरुङ लगायतले मेजर वीर सिंहले समाजमा पुर्याइएको योगदानको चर्चा गरेका थिए ।
[adrotate banner =”3″]
[adrotate banner =”4″]
[adrotate banner =”5″]






