Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

परम्परागत कानून,कारोबार पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डिकरण रोक्न सम्भव छैनः सचिव दुवाडी

भूमि व्यवस्था,सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले परम्परागत कानून,कारोबारको पद्धति र प्रवृत्तिबाट जग्गाको खण्डिकरण रोक्न सम्भव नभएको बताउनुभएको छ ।


नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल इस्टेट सम्मेलनमा आईतवार बोल्दै सचिव दुवाडीले यस्तो बताउनुभएको हो । उहाँले घरजग्गाको परम्परगत कारोबार शैली,प्रवृत्ति र कानूनहरुमा परिमार्जन बिना जग्गा खण्डिकरण रोक्न नसकिने दाबी गर्नुभयो । उहाँले सरकारले जग्गा खण्डिकरण रोक्नको लागि जग्गाको वर्गिकरण गरेर मात्रै कित्ताकाट गर्न पाउने गरी प्रयास गरेको तर सफल नभएको बताउनु भयो । उहाँले जग्गा कित्ताकाट रोक्दा मुलुकको आर्थिक,सामाजिक,राजनीतिक सबै क्षेत्र प्रभावित भएको उल्लेख गर्नुभयो । सचिव दुवाडीले सरकारले अपेक्षाअनुसार कित्ताकाट नखोलिए पनि केही समयअघि मात्रै कित्ताकाट खोलिएको बताउनु भयो । उहाँले जग्गाको कित्ताकाट खोल्दै गर्दा व्यवस्थित शहरीकरण र दिगो विकासका अवधारणालाई जोड्ने गरी कारोबार गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले घरजग्गा कारोबार सम्बन्धि विज्ञहरुले व्यवस्थित शहरीकरण र दिगो विकासका अवधारणालाई जोड्न विज्ञता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले घरजग्गा कारोबार विज्ञहरुले आफ्नो विज्ञता जग्गा खण्डिकरणलाई जोगाएर व्यवस्थित बनाउनमा लगाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले त्यसका लागि सरकार निजी क्षेत्रसँगै रहने बताउनु भयो । उहाँले घरजग्गा कारोबारको क्षेत्रमा ठूलो सम्भावना र अवसर रहेको बताउनु भयो । उहाँले अहिले पनि १८ हजार संस्थाहरु सक्रिय रुपमा घरजग्गा व्यवसायमा क्रियाशिल रहेको बताउनु भयो । उहाँले घरजग्गा व्यवसायमा २५० खर्ब भन्दा बढी लगानी भइरहेको बताउनु भयो । उहाँले घरजग्गा कारोबारलाई सुव्यवस्थित बनाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउँदै व्यवस्थित र योजनावद्ध रुपमा अगाडि बढ्ने घरजग्गा व्यवसायीहरुको उदेश्य पूरा गर्न सकिने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘कृषि प्रधान मुलुक हौं । ठूलो जनसख्या कृषिमा आधारित छौं भनिन्छ । कृषिभूमिलाई वर्गिकरणको हिसा हेर्दा पनि फरक पाटो देखिन्छ । विमानस्थलमा हेर्दा दैनिक २ हजार युवाहरु देश रोजगारीको खोजीमा विदेश गइरहेको अवस्था छ । कृषि प्रधान मुलुकले विहानदेखि बेलुका खानुपर्ने खाद्यान्नका विषय पनि आयातमा निर्भर गर्नुपरेको छ । त्यसै अब व्यवस्थित शहरीकरण गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा पनि सँगै जोडिएर जानुपर्ने हुन्छ । चामलको आयात कम हुँदैछ भन्ने बित्तिकै हाम्रो बजार सशंकित हुने मुलुकमा राम्रो घरमात्रै बनाएर पुग्दैन । घर बनाउँदै गर्दा कृषिसँग जोडर उत्पादन र उत्पादकत्व सुनिश्चित हुने गरी हाम्रा योजनाहरु हुनुपर्छ । भूमिको खण्डिकरण हुँदै गइरहेको छ । हाम्रो कानूनी प्रवन्ध र परम्परागत प्रवृबि र प्राविधि प्रयोग गरिरहेका छौं । जसकारण भुमिको खण्डिकरण रोक्न सम्भव छैन । सरकारले केही खण्डिकरण रोक्ने प्रयत्न पनि गरौं । त्यसको आर्थिक,सामाजिक,राजनीतिक सबै क्षेत्र प्रभावित भयो । भर्खरै खोलिएको अवस्था छ । अपेक्षित रुपमा खोलिएको अवस्था होइन । जग्गाको कित्ताकाट खोल्दै गर्दा व्यवस्थित शहरीकरण र दिगो विकासका अवधारणामा कहाँ जोड्न सक्छौं । विज्ञयता त्यहाँ देखाउनुपर्छ । हाम्रा विज्ञहरुले आफ्नो विज्ञता त्यहाँ प्रदर्शन गरेर भइरहेको जग्गा खण्डिकरणलाई पनि जोगाएर व्यवस्थित बनाउन सकिन्छ । त्यहाँ जानुपर्छ । त्यसको लागि सरकार निजी क्षेत्रसँगै छ । घरजग्गा कारोबारको क्षेत्र ठूलो सम्भावना र अवसर भएको क्षेत्र हो । १८ हजार संस्थाहरु सक्रिय रुपमा घरजग्गा व्यवसायमा क्रियाशिल हुनुहुन्छ । २५० खर्ब भन्दा बढी लगानी भइरहेको छ । यो व्यवसायीहरुको मात्रै लगानी हो । यसलाई सुव्यवस्थित बनाएर अनौपचारिक अर्थतन्त्रलाई औपचारिकतामा ल्याउँदै व्यवस्थित र योजनावद्ध रुपमा अगाडि बढ्नसक्यौं भने घरजग्गा व्यवसायीहरुको उद्देश्य पूरा गर्न सकिन्छ ।’


उहाँले नेपाल कृषिप्रधान मुलुक भएपनि कृषि जमिनको हिस्सा फरक रहेको बताउनु भयो । उहाँले कृषिप्रधान मुलुक भएपनि  बिहानदेखि बेलुका खानुपर्ने खाद्यान्नका विषय पनि आयातमा निर्भर हुनुपरेको बताउनु भयो । उहाँले सरकार र निजी क्षेत्र मिलेर व्यवस्थित शहरीकरण गर्दै कृषिको उत्पादन र उत्पादकत्व वृद्धिमा पनि जोडिएर जानुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले चामलको आयात कम भयो भन्दा बजार सशंकित हुने मुलुकमा राम्रो घरमात्रै बनाएर नपुग्ने बताउनु भयो । उहाँले घर बनाउँदै गर्दा कृषिसँग जोडेर उत्पादन र उत्पादकत्व सुनिश्चित हुनेगरी योजनाहरु बनाउन आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist