पोखरा,
पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ग्लोबल आईएमई बैंक एटीएम सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा पश्चिमाञ्चल सामुदायिक अस्पतालका अध्यक्ष हरि पाण्डेले रिबन काटेर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा एटीएम उद्घाटन गर्नु भएको थियो । थप्दै उनले आजै देखि नै एटीएम सञ्चालनमा आएको जानकारी दिनुभयो ।
कार्यक्रममा पश्चिमाञ्चल सामुदायिक अस्पतालका प्रबन्धक मिलन श्रेष्ठले पश्चिमाञ्चल सामुदायिक अस्पतालमा ग्लोबल आईएमई बैंकको एटीएम सञ्चालन पश्चिमाञ्चल सामुदायिक अस्पतालको विकास गतिमा अर्को इँट्टा थपिएको बताउनु भयो ।
कार्यक्रममा पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारीहरू र ग्लोबल आईएमई बैंक पोखरा शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।