Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

शहरी विकास मन्त्रालयले ग्रामिण क्षेत्रलाई उपेक्षा गरेको छः अध्यक्ष श्रेष्ठ

नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रञ्जिता श्रेष्ठले शहरी विकास मन्त्रालयले ग्रामिण क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको छ ।


बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शहरी विकास मन्त्रालयका कार्यक्रमहरु शहरकेन्द्रित भएको बताउनुभएको हो । उहाँले बजेटले ग्रामिण क्षेत्रलाई उपेक्षा गरेको बताउनु भयो । उहाँले मुलुकको समानुपातिक विकासका लागि ग्रामिण क्षेत्र र दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रमा आवाशिय विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यक्रमहरु बढी शहरकेन्द्रीत भएकोले ग्रामिण क्षेत्रलाई उपेक्षा गरिएको देखिएको छ । मुलुकको समानुपातिक विकासका लागि ग्रामिण क्षेत्र, दुर्गम क्षेत्रलाई अझ प्राथमिकता दिएर अगाडी बढ्न सकेमा यसलाई मिलाएर सम्पूर्ण देशको समुन्नत विकास गर्न सकिन्छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकामा २९६ वटा घर निर्माण गरिने कार्यक्रम भएतापनि कैलाली जिल्लाका अन्य पालिका जस्तैः जोशीपुर, जानकी, भजनी इत्यादीलाई पनि समेट्नुपर्ने आवश्यक देखिएको छ । कैलाली जिल्लामा रहेको मुक्त कमैया, हरवाचरवा वा कमलरीको संख्या बढिरहेको हुँदा यस जिल्लालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु थप गर्नुपर्ने आवश्यक रहेको छ । यसरी ग्रामिण क्षेत्रमा पनि आवासिय विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको छ ।’ 
उहाँले नेपाली सेनाले ठूला–ठूला विकास निर्माणका कामहरु ठेक्कामा लिएर पुनः अरुलाई ठेक्का लगाउने परिपाटीको अन्त्य गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले सेनाले लिएको ठेक्कामा सेनाकै जनशक्ति परिचालन गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist