Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
Next
Prev

एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह सांसदहरुलाई निर्देशन दिनुभएको छ ।


शनिवार बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले कानून निर्माणको पाटोमा चनाखो भएर भुमिका निर्वाह गर्न सांसदहरुलाई निर्देशन दिनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक महेश बर्तौलाले अध्यक्ष ओलीले सांसदहरुलाई जनसरोकारका मुद्दाहरु संसदमा मुखरित गर्न तथा ज्वलन्त मुद्दाहरुमा विशेष तयारीका साथ प्रश्तुत हुन निर्देशन दिनुभएको जानकारी गराउनु भयो । प्रमुख सचेतक बर्तौलाले संयुक्त सरकारको चरित्र बमोजिम बजेट आउन नसकेपछि राजनीतिक रुपमा बजेटलाई पारित गरेर जाने बताउनु भयो । उहाँले सरकारलाई कमजोर बनाउने षड्यन्त्रहरु भइरहेपनि वर्तमान सत्तारुढ समिकरणलाई मजबुत बनाएर अगाडी बढाउने स्पष्ट पार्नुभयो । 
उहाँले भन्नुभयो – ‘पहिलेदेखि भन्दै पनि आएका छौँ । संसदभित्रै बाट पनि बोल्दै आएका के छ भने अहिलेको बजेट अलि प्रभावकारी ढंगबाट आउनुपथ्र्यो । त्यसमा केही छलफल कम भएको यथार्थ हो । किनभने यो संयुक्त सरकार हो । संयुक्त सरकारको चरित्र बमोजिम बजेटले त्यो स्प्रिट पक्रिनुपथ्र्यो कि भन्ने एउटा आशय र विषय हाम्रो हो । त्यसरी बजेट नआएपछि यसमा स्वभाविक गुनासो, प्रश्न र सुझाव लिने कुरालाई अन्यथा लिनु भएन । त्यही कोणबाट आजपनि छलफल भयो । जुन ढंगबाट जसरी विषयवस्तु आएपनि, बजेट आएपनि अन्तत्वोगत्वा यो बजेट राजनीतिक हिसाबले यसलाई हामीले समर्थन गरेर, बोकेर जानुपर्छ । यो गठबन्धनलाई हामी बलियो बनाएर लिएर जान चाहान्छौँ । यो समिकरणलाई अझ मजबुद बनाएर अगाडी बढाउन चाहन्छौँ । यो सरकारलाई कमजोर बनाउनका लागि कयौँ खेतिपाति आजको दिनमा पनि चलिरहेको छ । आजै मुलुकमा अस्थिरतामा लैजानका लागि अनेकौँ ढंगबाट सरकारविरुद्धका खेतिपातिहरु, षड्यन्त्रहरु चलेकै छन् । यो सरकारलाई मजबुत बनाउने र आज दिएका सुझावहरु भोलिका लागि कामयावि होस् भन्नका लागि हामीले खुला रुपमा कसैलाई पनि छलफलमा आफ्ना सुझावहरु दिन अनुरोध गरेका छौँ । छेकवार गरेका छैनौँ । समसामयिक कतिपय परिस्थितिका विषयमा दलका नेताज्यूबाट विशेष गरेर संसदीय मामिलामा जनसरोकारका मुद्दाहरुमा संसदमा मुखरित गर्ने र विकास निर्माणको सँगसँगै नीतिगत पक्षमा राष्ट्रका कयौँ ज्वलन्त, महत्वपूर्ण विषयहरुमा सांसदहरुले विशेष तयारीका साथ आफुलाई प्रस्तुत गर्ने, कानून निर्माणको पाटोमा चनाखो भएर भुमिका निर्वाह गर्नेगरी अगाडी बढ्न निर्देशित गर्नुभयो ।’


सरकारमा सहभागि हुन चाहाने दलहरुलाई समावेश गराएर जाने पक्षमा सरकार रहेको र चाँडै त्यो कोर्षमा सरकार अगाडी बढ्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist