• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छः महासचिव चन्द

नीतिप्रेस by नीतिप्रेस
June 16, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको छ ।


शनिवार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तरसंवादमा बोल्दै महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरुले नै आलोचना गरिहेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भनी प्रश्न गर्नुभयो । उहाँले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताउनु भयो । उहाँले सरकारमा सहभागी मान्छेहरुको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘अर्थतन्त्रको कुरा गर्ने बित्तिकै आर्थिक दृष्टिकोण, आर्थिक निर्माण, पुँजी निर्माणको कुरा गर्ने बित्तिकै दुईवटा कुरा हो । एउटा, राज्यको कुरा हो । एउटा, संस्था र नागरिकको कुरा हो । राज्य अल्मल्लिएको देख्छौँ हामी अहिले । राज्यले गरिराखेको छ तर राज्य अल्मल्लिएको देख्छौँ हामी । बजेट आयो । बजेटको बारेमा यति धेरै विवादास्पद कुराहरु छन् अहिले । राम्रा पनि छन् त्यहाँ । तर सरकारमै बसिरहेका पार्टीहरु, उनकै नेताहरु, नेताहरु पनि कस्तो भन्नुहुन्छ भने निर्णायक प्रभाव पार्ने खालका नेताहरुले आलोचना गरिरहेका छन् । आलोचना पनि निराशापूर्ण छ । अल्मल्लिएको छ । हरेक वर्ष तपाई, हामीले कस्तो सुन्नुपर्ने परिस्थिति छ भने आशा भन्दापनि आलोचना र निराशा यस्तो बढी प्रवाह छ, नेपालमा । बजेट माथि यति ठुलो आक्रमण छ कि अहिले । बजेटले केही पनि गर्दैन भन्दाभन्दै बेकारको, वाहीयात, हावादारी भन्नेसम्म गइसक्यो । सरकारमै बसेका नेताहरु, मन्त्री भएकै मान्छेहरुले यो बजेट काम छैन भन्न थालेपछि अब नागरिकले के आशा राख्ने आर्थिक क्षेत्रमा ? सरकारको नेतृत्व गरेका र प्रतिपक्ष सबैका ट्रेन्ड हेर्नुभयो भने आर्थिक परिचालन गरेर १२ खर्बको राजस्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्नेखालको देखिँदैन । धेरै ठूलो विचलन हुने देखिन्छ अहिलेको तर्कहरु हेर्दाखेरी । यतै अल्मल्लिने वा केही समयपछि यो सरकार पनि भताभुङ्ग हुन्छ कि भनेको जस्तो देखिन्छ, सरकारमै बसेका मान्छेहरुको कुरा गर्दा । हामीले भनेको के हो भने राज्य कम्तिमा पनि एउटा आत्मनिर्भर अर्थतन्त्रको दिशामा गइदिए नेपालका सबै विज्ञहरुलाई, पार्टीहरुलाई पनि आर्थिक विषयमा केन्द्रीत गरेर छलफल गर्दिए हामी पनि भाग लिन चाहन्थ्यौँ ।’


उहाँले देशलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा लानुपर्ने बताउनु भयो । उहाँले आफूहरु सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुनेः ओली

Next Post

एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

Next Post

एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन