Latest
Next
Prev

६ महिना बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छः सचिव काफ्ले

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताउनुभएको छ ।


शनिवार ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो विषयक’रोतोपाटी प्ल्स टु कन्क्लेभका क्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्नेबारेमा सरकार स्तरमा छलफल चलिरहेको बताउनु भयो । उहाँले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा दिनसके नेपाल अध्ययन गर्ने गन्तव्यस्थलका रुपमा विकास हुने बताउनु भयो । उहाँले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरु नेपाल भित्र्याउन सक्नुपर्ने बताउनु भयो । उहाँले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्ववद्यालय सबै मिल्न आवश्यक रहेको बताउनु भयो । संसारमै नभएका कुराहरु रहेको भन्दै नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्वपूर्ण गन्तव्यस्थल बन्नसक्ने जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘विश्वव्यापी रुपमा भन्नेकुराहरु छ । मान्छेहरुलाई ६ महिना भन्दा बढी कुनै मानिसले रिसर्च गर्छ भने त्यसलाई स्टुडेण्ट भिसाको रुपमा दिऔँ । स्टुडेण्ट भिसा दिनुपर्छ भनेर हामीले अहिले सरकारी स्तरमा छलफलहरु छ । त्यस हिसावमा मानिसले यहाँ पनि आउने गन्तव्य बनाउनु प¥यो । अहिले सरकारको नीति कार्यक्रममा १५ लाख पर्यटन ल्याउने भनेको छ । त्यो १५ लाख पर्यटक मध्ये ५ लाख मान्छे स्टुडेण्ट ल्याऔँ न । त्यसको लागि कोशिस गरौँ न । हामी कहाँ के के गर्नुपर्छ । सरकार, समुदाय, निजी संस्थाले केके गर्नुपर्छ त्यसको छलफल गरौँ । नेपाललाई गन्तव्यस्थल बनाएर आउँछ भने यहाँ अध्ययन गर्ने संसारमा नभएका कुरा छन् ।’


सचिव काफ्लेले विश्वविद्यालयको शिक्षलाई सक्षमताको कसी र ग्लोवल इस्युमा हेर्न आवश्यक रहेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist