Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

रसियामा आक्रमणमा परी ९ जनाको मृत्यु

रसियाको दक्षिणी क्षेत्रमा भएको गोलीकाण्डमा ९ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । दक्षिणी रुसको गणतन्त्र दागेस्तानमा आईतवार भएको गोलीकाण्डमा सात कानून प्रवर्तन अधिकारीसहित नौ जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका हुन् । गोलीबारी दुई अर्थोडक्स चर्च, एक सिनेगोग र तटीय शहर डर्बेन्ट र दागेस्तानको राजधानी मखाचकलामा ट्राफिक प्रहरी चौकीमा भएको थियो । रुसी अनुसन्धान समितिले गोलीबारीमा आतंकवादी हमलासँग सम्बन्धित लेख अन्तर्गत आपराधिक मुद्दाहरू प्रारम्भ गरेको छ । दागेस्तानमा काउन्टर–आतंकवादी अपरेशन व्यवस्था लागू गरिएको राष्ट्रिय आतंकवाद विरोधी समितिले जनाएको छ । गणतन्त्रको आन्तरिक मामिला मन्त्रालयलाई उद्धृत गर्दै गोलीबारीमा संलग्न चार आक्रमणकारीहरू मारिएका र सुरक्षा बलहरूले उनीहरूको प्रयास जारी राखेको बताउनु भयो । यसैबीच आक्रमणमा घाइते भएका १३ प्रहरी अधिकारी र तीन सर्वसाधारणलाई उपचारका लागि मखचकलाको अस्पतालमा लगिएको मन्त्रालयले जनाएको छ । गणतन्त्र दागेस्तानका प्रमुख सर्गेई मेलिकोभले डर्बेन्ट र मखाचकलामा भएका आक्रमणहरूलाई सार्वजनिक अवस्थालाई अस्थिर बनाउने प्रयास भएको बताउनु भयो । उहाँले नागरिकहरूलाई शान्त रहन आग्रह गर्नुभएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist