Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

असार २१ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज बिहान सवा ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, खानेपानी मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विभिन्न शिर्षकहरूमध्ये छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिनुहुने, अध्यक्ष नारायणप्रसाद दाहालले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शिर्षकहरूमा प्रश्तुत खर्च कटौतीका प्रश्तावहरुलाई निर्णयार्थ प्रश्तुत गर्नुहुने, अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “विनियोजन विधेयक, २०८१ लाई पारित गरियास् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने, अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१,राष्ट्र ऋण उठाउने विधेयक, २०८१, भन्सार महशुल विधेयक, २०८१ विधेयकहरूमाथि विचार गरियोस् भन्ने प्रश्तावहरू प्रश्तुत गर्नुहुने कार्यसूचि रहेको छ । 
आजको मौसम
हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, मधेस र वागमती प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया देखि पूर्णतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुुई  स्थानमा भारीदेखि धेरै भारी बर्षाको सम्भावमा रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist