Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्रसर तथा खानी उद्योग व्यवसायीहरुको आन्दोलन स्थगित

नीतिप्रेस by नीतिप्रेस
July 5, 2024
in नेपाली समाचार आजको, समाचार
0
क्रसर तथा खानी उद्योग व्यवसायीहरुको आन्दोलन स्थगित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

क्रसर तथा खानी उद्योग व्यवसायीहरुले गरिरहेको आन्दोलन स्थगित भएको छ ।


विगत लामो समयदेखि क्रसर उद्योगहरुको नवीकरणको माग राखी आन्दोलनरत क्रसर तथा खानी उद्योग व्यवसायीहरुले बिहीवारदेखि आन्दोलन स्थगित गरेका हुन् । सरकारसँग तीन बुँदे सहमती भएसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । सहमतीपत्रमा निर्माणमुखी सामग्री(व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संसदीय समितिमा दवाफार छलफलको क्रममा रहेको भन्दै सो विधेयक पारित भए पश्चात क्रसर उद्योगको नवीकरण सम्बन्धी समस्या सम्बोधन हुने उल्लेख गरिएको छ । सो विधेयक छिटो पारित गराउन आ–आफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । त्यसैगरी नवीकरण छुट भएका उद्योग नवीकरणको लागि आवश्यक व्यवस्था गर्ने सहमती भएको छ । यस सम्बन्धमा २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय र सम्मानित सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न समन्वयात्मक भुमिका निर्वाह गर्ने सहमतीपत्रमा उल्लेख गरिएको छ । सहमती पत्रमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर तथा खानी उद्योगको नवीकरणको विषय लिई गरेको विरोध प्रदर्शन स्थगित गर्ने भनिएको छ ।
सहमती पत्रमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव डा. नारायण प्रसाद रेग्मी र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको तर्फबाट अध्यक्ष सीताराम न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । 
सहमतीपत्र हस्ताक्षर कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले अदालतको आदेशको पालना गर्दै मन्त्रालयले केही वैधानिक बाटो निकाल्न छलफल गरिरहेको बताउनु भयो । उहाँले कानून बनाउन ढिला भएमा मन्त्रालयले नवीकरणको लागि केही व्यवस्था गरेर समस्या समाधान गर्ने बताउनु भयो । क्रसर व्यवसायीहरुले सरकारसँग भएको सहमती कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् । 


नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले कानूनसम्मत दर्ता भएका उद्योगलाई नविकरण गरी सञ्चालन गर्न दिन र दिगो व्यवस्थापनका लागि राज्य व्यवस्था समितिमा रहेको कानूनलाई फास्ट ट्रयाकबाट ल्याएर समस्या समाधान गर्न माग गरेको बताउनु भयो । उहाँले मागको सुनुवाई नहुँदा सडक आन्दोलनमा जानुपरेको बताउनु भयो । उहाँले दिगो विकास र नविकरण गर्ने मन्त्री जोशीले प्रीतवद्धता जनाएसँगै आन्दोलन फिर्ता लिएको बताउनु भयो । 


उहाँले एक महिना भित्र समस्या समाधान नभए आगामी रणनीति बनाएर आन्दोलन शुरु गर्ने चेतावनी दिनुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेकपा एसको अध्यक्ष, सम्मानित नेता र महासचिवमा नेपाल, खनाल र भुसाल सर्वसम्मत

Next Post

असार २१ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

Next Post
असार २१ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

असार २१ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन