• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

क्रसर तथा खानी उद्योग व्यवसायीहरुको आन्दोलन स्थगित

नीतिप्रेस by नीतिप्रेस
July 5, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

क्रसर तथा खानी उद्योग व्यवसायीहरुले गरिरहेको आन्दोलन स्थगित भएको छ ।


विगत लामो समयदेखि क्रसर उद्योगहरुको नवीकरणको माग राखी आन्दोलनरत क्रसर तथा खानी उद्योग व्यवसायीहरुले बिहीवारदेखि आन्दोलन स्थगित गरेका हुन् । सरकारसँग तीन बुँदे सहमती भएसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । सहमतीपत्रमा निर्माणमुखी सामग्री(व्यवस्थापन तथा नियमन) विधेयक, २०८० संसदीय समितिमा दवाफार छलफलको क्रममा रहेको भन्दै सो विधेयक पारित भए पश्चात क्रसर उद्योगको नवीकरण सम्बन्धी समस्या सम्बोधन हुने उल्लेख गरिएको छ । सो विधेयक छिटो पारित गराउन आ–आफ्नो तर्फबाट भुमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । त्यसैगरी नवीकरण छुट भएका उद्योग नवीकरणको लागि आवश्यक व्यवस्था गर्ने सहमती भएको छ । यस सम्बन्धमा २०७९ माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णय र सम्मानित सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न समन्वयात्मक भुमिका निर्वाह गर्ने सहमतीपत्रमा उल्लेख गरिएको छ । सहमती पत्रमा नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर तथा खानी उद्योगको नवीकरणको विषय लिई गरेको विरोध प्रदर्शन स्थगित गर्ने भनिएको छ ।
सहमती पत्रमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तर्फबाट सहसचिव डा. नारायण प्रसाद रेग्मी र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको तर्फबाट अध्यक्ष सीताराम न्यौपानेले हस्ताक्षर गर्नुभएको छ । 
सहमतीपत्र हस्ताक्षर कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले अदालतको आदेशको पालना गर्दै मन्त्रालयले केही वैधानिक बाटो निकाल्न छलफल गरिरहेको बताउनु भयो । उहाँले कानून बनाउन ढिला भएमा मन्त्रालयले नवीकरणको लागि केही व्यवस्था गरेर समस्या समाधान गर्ने बताउनु भयो । क्रसर व्यवसायीहरुले सरकारसँग भएको सहमती कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन् । 


नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले कानूनसम्मत दर्ता भएका उद्योगलाई नविकरण गरी सञ्चालन गर्न दिन र दिगो व्यवस्थापनका लागि राज्य व्यवस्था समितिमा रहेको कानूनलाई फास्ट ट्रयाकबाट ल्याएर समस्या समाधान गर्न माग गरेको बताउनु भयो । उहाँले मागको सुनुवाई नहुँदा सडक आन्दोलनमा जानुपरेको बताउनु भयो । उहाँले दिगो विकास र नविकरण गर्ने मन्त्री जोशीले प्रीतवद्धता जनाएसँगै आन्दोलन फिर्ता लिएको बताउनु भयो । 


उहाँले एक महिना भित्र समस्या समाधान नभए आगामी रणनीति बनाएर आन्दोलन शुरु गर्ने चेतावनी दिनुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेकपा एसको अध्यक्ष, सम्मानित नेता र महासचिवमा नेपाल, खनाल र भुसाल सर्वसम्मत

Next Post

असार २१ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

Next Post

असार २१ गते शुक्रवार काठमाडौंमा हुने केही कार्यक्रमहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन