Latest
Next
Prev

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

राष्ट्रपति रामचन्द्र पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको छ ।


आईतवार काठमाडौंको प्रज्ञा भवनबाट रथ तानेर राष्ट्रपति पौडेलले जगन्नाथ रथ यात्राको शुभारम्भ गर्नुभएको हो । जगन्नाथ रथ यात्रा हरेक वर्ष असार शुक्ल पक्षको द्वितीया तिथिबाट शुरु हुने गर्दछ । सो अवसरमा राष्ट्रपति पौडेलले जगन्नाथको मूर्तिमा फूलअक्षताले पूजा गर्नुका साथै आरती समर्पणसहित रथमा राखिएको मूर्तिदर्शन गर्नुभएको थियो । जगन्नाथलाई भगवान श्रीविष्णुको रुपमा लिने गरिन्छ । धार्मिक मान्यता अनुसार एकपटक बहिनी सुभद्राले आफ्ना भाई कृष्ण र बलरामलाई शहर हेर्ने इच्छा व्यक्त गर्नुभयो । त्यसपछि दुवै दाजुभाईले बहिनी सुभद्राको लागि तयार पारेको भव्य रथ ल्याइ त्यसमा सवार तीनै जना शहर घुम्न निस्किए । बाटोमा तीनै जना गुण्डिचामा काकीको घरमा पनि गए र त्यहाँ ७ दिन बसे । शहरको भ्रमण सकेर पुरी फर्किए । त्यसबेलादेखि हरेक वर्ष तीनै दाजुभाइ र दिदीबहिनी रथमा चढेर शहर घुम्न र काकीको घर गुण्डिचा मन्दिर जान्छन् । यी मध्ये बलरामको रथ अगाडि, बहिनी सुभद्राको रथ बीचमा र जगन्नाथको रथ पछाडि रहने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist