• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री दाहालले अविलम्व राजीनामा दिनुपर्छः एमाले

नीतिप्रेस by नीतिप्रेस
July 7, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ ।


आईतवार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको हो । यता प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । काँग्रेससँगको सहमती अनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो । प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तिब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।
प्रमुख सचेतक बर्तौलाले भन्नुभयो,‘काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । र यस महत्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली काँग्रेसले जुन महत्वपूर्ण भुमिका निर्वाह ग¥यो । यसप्रति नेकपा एमालेको यस संसदीय दलको बैठकले नेपाली काँग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं । त्यसैगरी यो सरकारलाई दिएको समर्थन नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरुले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्ममतमा परेको छ । यस्तो अवस्थामा सरकारले अझै पनि राजीनामा दिएको अवस्था रहेन । त्यसकारण आजको एमालेको संसदीय दलको बैठकबाट अझै पनि राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो । त्यसकारण अविलम्व नेपाल सरकारका प्रधानमन्त्रीलाई काम चलाउ प्रधानमनत्तीको रुपमा रहेको प्रधानमन्त्रीलाई अविलम्व राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्ग प्रशस्त गर्नका लागि हाम्रो बैठकले त्यो अनुरोध गरेको छ । त्यो माग गरेको छ । सरकार अहिले अल्मतमा परेको छ । तथापि पनि विभिन्न प्रकारका निर्णयहरु गरिराखेको छ । हामी त्यस्तो सुनिरहेका छौं । निर्णयहरु सार्वजनिक भईरहेका छन् । कुनैपनि निर्णयहरु नगर्नका लागि यो सरकारले कुनैपनि निर्णय गर्ने हैसियत राख्दैन । त्यो हैसियत, त्यो मत गुमाइसकेको छ । त्यो मत गुमाएको सरकारले अहिले पनि विभिन्न निर्णयहरु गर्नु त्यो राष्ट्रिय हित विपरित हुन्छ । संविधान विपरित हुन्छ । त्यसकारण कुनै पनि निर्णयहरु नगर्नका लागि सरकारलाई हाम्रो बैठकले सचेत गराएको छ । हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्युलाई आजै अहिले नै अविलम्ब राजीनामा दिन हामो सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ त्यो हाम्रो माग हो । यति सम्माननीय प्रधानमन्त्रीज्युले राजीनामा दिनुभएन भने उहाँले २८ गते संसदमा विश्वासको मत माग्ने गरी पत्र पठाउनुभएको छ । त्यो जानकारी प्राप्त भएको छ । हाम्रो पहिलो माग तत्काल राजीनामा हो । यदि यहाँले राजीनामा दिनु भएन भने २८ गते माग्नुभएको विश्वासको मतको विपक्षमा नेकपा एमालेको तर्फबाट मतदान गर्ने निर्णय गरेका छौं । अन्तिममा नेकपा एमालेका सांसद आस्मा चौधरीका श्रीमान लौटन चौधरीको निधनप्रति विभिन्न आशंका गरिएको छ । सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरिएको छ ।’
त्यसैगरी एमालेले काम चलाउ अवस्थामा पुगेकाले सरकारलाई कुनैपनि निर्णय नगर्न पनि सचेत गराइएको प्रमुख सचेतक बर्तौलाले बताउनु भयो  । पार्टीका सांसद आस्मा चौधरीकी पति लौटन चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै त्यसमा देखिएको आशंका निवारण हुनेगरी छानविन गर्न पनि नेपाल प्रहरीलाई अनुरोध गरेको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ

Next Post

प्रधानमन्त्री दाहालले राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्नुपर्छः एमाले प्रमुख सचेतक बर्तौला

Next Post

प्रधानमन्त्री दाहालले राजीनामा दिएर नयाँ सरकार गठनका लागि सहयोग गर्नुपर्छः एमाले प्रमुख सचेतक बर्तौला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन