Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

रास्वपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने निर्णय गरेको छ ।


शुक्रवार बिहान सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहालको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री दाहालले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुने र रास्वपाले विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहालको विश्वासको मतको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आज सम्माननीय प्रधानमन्त्रीज्युले नेपालको संविधान १०० को उपाधारा २ बमोजिम आफूमाथि संसदमा विश्वास छ भन्ने प्रश्ताव पेश गर्नुहुँदैछ । त्यसमा छलफल ग¥यौँ । पार्टीबाट सरकारमा जानुभएका मन्त्रीज्युहरुले आफ्ना काम कारबाहीबारे जानकारी गराउनु भयो । हामीले आज विश्वासको मत प्रश्ताव हुँदैछ, त्यसमा सम्माननीय प्रधानमन्त्रीज्युको पक्षमा मतदान गर्ने निर्णय गरेका छौँ र ह्वीप पनि जारी गरेका छौँ ।’


बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरुले आफ्नो कार्य प्रगतिबारे जानकारी गराएको र सो विषयमा पनि छलफल भएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist