Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाले मलाई नैतिकता सिकाउनेः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारसँग डराएर नेपाली काँग्रेस र नेकपा एमाले मिलेको आरोप लगाउनुभएको छ ।


आफूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरेको बताउनु भयो । उहाँले अहिलेको संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी रहेको बताउनु भयो । संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रश्ताव पेश गर्नुभएको हो । एक महिना विश्वासको मत लिन पाउने संवैधानिक अधिकारको प्रयोग गरेको बताउनु भयो । उहाँले नैतिक आधारमा अल्पमतमा परिसकेपछि आफूलाई लामो समय विश्वासको मत नलिइ बस्न रुची नरहेको भएकाले नै १० दिनभित्रै विश्वासको मत लिएको जिकिर गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘आफू अल्पमतमा परेपछि संसद नै विघटन गर्ने बानी परेकाहरुलाई र त्यसको समर्थन गरेका साथीहरुले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गरियो । ति साथीहरुलाई म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा (माओवादी केन्द्र) को सबैभन्दा धेरै ठूलो लगानी छ ।’
प्रधानमन्त्री दाहालले पश्चगामी सोच लिएर काँग्रेस र एमाले मिलेको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist