Latest
हरितालिका तिजमा पशुपतिमा व्रतालु महिलाको भीड
Next
Prev

धनुषा प्रहरीद्वारा आ.व.२०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ


जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०८०÷०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको छ ।


मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरी विभिन्न घटनाका ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले ८ सयभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्नु नै गत आर्थिक वर्षको ठूलो उपलव्धि रहेको बताउनु भयो । त्यसैगरी पत्रकार सम्मेलनमा भन्सार चोरी निकासीमा ९ करोड ५६ लाख ३ हजार भन्दा बढी रकम राजश्व संकलन गरिएको जानकारी समेत दिनुभयो । प्रगति विवरणबारे जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले अवैध लागुऔषधतर्फ गाँजा ६०७.३९९ किलो, ब्राउन सुगर १४१.४६ ग्राम,नाईट्राभेट ट्यावलेट ३ हजार २५८ पिस, सिमप्लेक्स ४९५ क्यापसुल, स्पलेन ३४ बोतल, पेण्डाजोल ईन्जेक्सन–२६ पिस, नूर्फिन ४९९ एनटिजेड, नाईट्राजेपाम–३५४० पिस, नाईट्रोसम–४७ पिस, कोडिवेल– २७ बोतल वरामद गरिएको बताउनु भयो । यस्तै साइबर क्राइमतर्फ ३२० वटा निवेदन प्राप्तभएकोमा सम्बन्धित कार्यालयमा २७८ वटा कारवाहीका लागि पठाइएको छ भने ४० वटाको काम सम्पन्न भएको हो । अनुचित लेनदेन मिटरब्याजीतर्फ १ हजार १४५ वटा निवेदन दर्ता भएकोमा ६०२ वटाको मुद्दा फछ्र्यौट भएको, २० वटा मुद्दा दर्ता भएको जानकारी दिँदै उहाँले २५ विग्घाभन्दा बढी जग्गा पिडितलाई फिर्ता गराइएको र २४ करोड ५९ लाखभन्दा बढी रकम साहु महाजनको असुल गराइएको बताउनु भयो । 


जिल्लाका विभिन्न स्थानमा ७४ वटा नयाँ सिसिटीभी जडान र ६२ वटाको मर्मत गराइएको जानकारी दिँदै प्रहरी उपरीक्षक तिवारीले सवारी दुर्घटनामा केही वृद्धि भएपनि जनधनको क्षतिमा न्युनिकरण भएको बताउनु भयो । उहाँले गत तीन वर्षको तथ्यांक हेर्दा पछिल्लो आ.व.मा १ हजार ९० सवारी दुर्घटना भएको र जसमा ७३ जनाको मृत्यु, ४०५ गम्भीर घाइते र १ हजार ३२० जना सामान्य घाइते भएको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist