Latest
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

पोखरामा सार्बजनिक यातायात ब्यबसायीको आन्दोलनमा दुई पत्रकारमाथि आक्रमण

पोखरा,सार्बजनिक यातायात ब्यबसायीहरुले विभिन्न माग राखेर शुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनाबपूर्ण बाताबरण सिर्जना भएको हो ।

मुख्य गरि रातो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी साधनले राईड शेयारिंग सेवा संचालन गरेको बिरोधमा यातायात ब्यबसायीहरु बिरोधमा उत्रिएका हुन । उनीहरुले आइतबार सम्म आफ्नो माग पुरा नभए आन्दोलन शुरु गर्ने र सार्बजनिक यातायात नै ठप्प पार्ने चेतावनी यस अगाडी नै दिएका थिए।

यसै क्रममा राइड शेयरिङ विरुद्ध आन्दोलनमा उत्रिएका सार्वजनिक यातायातका चालक र सहचालकहरूले पोखराको  पृथ्वीचोकमा ग २० प  ३९७३ को स्कुटर तोडफोड गरेका हुन् ।

आन्दोलित सार्वजनिक यातायात व्यवसायीले पोखरामा दुई पत्रकारमाथि आक्रमण गरेका छन् ।

व्यवसायीको आन्दोलनको भिडियो खिचिरहेका पत्रकारद्वय विना थापा मगर ‘बिनु’ र सुरज थापा मगरमाथि पोखराको पृथ्वीचोकमा आक्रमण भएको हो । अन्दोलनकारीले सुरज सवार ग२०प ३९७३ को स्कुटरसमेत तोडफोड गरेका छन् ।

पृथ्वीचोकमा पर्यटक बस चलाएको भन्दै बसमाथि तोडफोड गर्न लागेका बेला क्यामेराले दृश्य कैद गर्दैगर्दा आफूहरुमाथि आक्रमण भएको सञ्चारकर्मी सुरजले बताए । घटनापछि आक्रमण गर्ने विरुद्ध जाहेरी लिएर पत्रकारहरू जिल्ला प्रहरी कार्यालयमा पुगे ।

पत्रकारद्वयमाथि भएको आक्रमणको पत्रकार सम्बद्ध विभिन्न संघसंस्थाले भर्त्सना गरेका छन् ।

पत्रकार महासंघ केन्द्र, गण्डकी, कास्कीसहित प्रेस चौतारी, प्रेस सेन्टर, फोनिज, मगर पत्रकार संघ, स्वतन्त्र पत्रकार संघ लगायतले विज्ञप्ति जारी गरेका छन् ।

सार्बजनिक यातायात ब्यबसायीहरुले विभिन्न माग राखेर शुरु गरेको आन्दोलनका कारण पोखराको पृथ्वीचोक क्षेत्रमा तनाबपूर्ण बाताबरण सिर्जना भएको हो ।

यातायात व्यवसायीको माग

निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।

यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist