जुलाईमा चीनको ग्वाङ्डोङमा चालकविहीन सरसफाई सवारी साधनहरू खटाइएको छ । चालक बिहीन सरसफाईका सवारी साधनले सडकको फोहोर, धुलो सरसफाई गरिरहेको भिडियोमा देख्न सकिन्छ । सरसफाई, सिफ्ट समयतालिका र स्वचालित सञ्चालनको लागि उन्नत सेन्सरहरूसँग सुसज्जित सवारी साधनहरूले सरसफाई कर्मचारीहरूको लागि सुरक्षा र दक्षता बढाउने अपेक्षा गरिएको छ । चीनले सन् २०२२ देखि चालकबिहीन सवारीसाधनको परीक्षण गरिरहेको थियो । २०२४ आएर भने सरसफाईमा खटाएको हो । आगामी दिनमा शहरलाई व्यवस्थित र सफा राख्न सहयोग पु¥याउने बताइएको छ ।