Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
Next
Prev

कास्कीमा हतियार देखाई गहना र पैसा चोरी गर्ने ४ जना पक्राउ

पोखरा । कास्कीमा धारिलो हतियार देखाई सुनका गहना र पैसा चोरी गर्ने ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ लाहाचोक बस्ने वर्ष ४२ को सुर्य बहादुर घर्ती क्षेत्री, वडा नं. २ भराभरी बस्ने वर्ष ५१ को खड्क बहादुर पुन मगर, पोखरा महानगरपालिका वडा नं. २१ बस्ने वर्ष ५८ को लोक बहादुर राना मगर, वडा नं. ३ नदिपुर बस्ने वर्ष ३५ को राजु सुनार रहेका छन् ।

प्रहरीका अनुसार यही साउन ३ गते राति साढे ८ बजे कास्की माछापुच्छ्रे गाउँपालिका १ रुम्जा बस्ने शशीधर काफ्लेको घरमा उनीहरुले धारिलो हतियार देखाई विभिन्न किसिमका सुनका गरगहना र पैसा धनमाल चोरी गरेका थिए ।

प्रहरीले उनीहरुको साथबाट चोरी भएका (सिक्री १ थान, तिलहरी १ थान, औंठी ३ थान, रिङ ३ जोर), मोवाईल १ थान र नगद रु.१ लाख ७३ हजारसमेत गरी अन्दाजी मूल्य रु. १४ लाख ८ हजार बराबरका धनमाल बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist