Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
Next
Prev

साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन गर्नुपर्छ– महेश बस्नेत

नेकपा(एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्तिलाई नियन्त्रण गर्न संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ ।


बिहीवार राष्ट्रिय युवा संघ नेपालले संगठनको नयाँ ईन्चार्जलाई स्वागत तथा पुरानो ईन्चार्जलाई बिदाई गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजनीतिक स्थिरता दिनका लागि काँग्रेस–एमालेबीच सत्ता सहकार्य भएको बताउनु भयो । उहाँले साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्न संविधान संशोधन गरिने बताउनु भयो । उहाँले एमाले र कांग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने कुरामा प्रतिवद्ध भएको पनि बताउनु भयो । उहाँले निर्वाचन सँग सम्बन्धित कानूनहरुलाई संशोधन गरेर जाने बताउनु भयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हामी संविधान संशोधनको एजेण्डासहित छलफल गरिरहेका छौँ । हामी राजनीतिक स्थिरता दिनेकुरा गरिरहेका छौँ । अब समावेशिताका विषयवस्तुलाई एमाले, कांग्रेसले कमजोर बनाउन आँटे भन्ने ढंगले प्रश्न उठाइएको छ । त्यो बिल्कुल गलत कुरा हो । हामी समावेशिताका आधारहरु सुनिश्चित गरेर, राष्ट्रिय सभामा सुनिश्चित गर्न सकिन्छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा सुनिश्चित गर्न सकिन्छ । त्यो कुरा गर्नेतर्फ हामी सचेत छौँ । मुलभुत रुपमा साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति र अराजक प्रवृत्तिहरुलाई नियन्त्रण गर्नुपर्छ र कमसेकम एमाले र काँग्रेस चुनाव अगाडी अन्य दलहरुसँग सहकार्य नगर्ने र संविधान लगायत निर्वाचन सँग सम्बन्धित कानुनहरुलाई संशोधन गरेर जाने र मुलुकमा भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन दिने कुरामा प्रतिवद्ध भएर लागेका छौँ । रवि लामिछानेजीका सहकारी प्रकरणदेखि लिएर अनेक खालका प्रकरणहरुलाई ठाकछोप गरेर आफू बच्नको लागि उहाँलाई गृहमन्त्री चाहिएको थियो । त्यो बन्ने क्रममा उहाँले फाइल खोल्ने होइन कि फाइल सोज्याउने, थन्क्याउने कुरामा उहाँको भुमिका रह्यो । पछिल्लो बेला बेचन झालाई पक्राउ गरिसके पछाडी श्याम ज्ञवालीमार्फत् प्रहरीमा विद्रोह गराएर वर्तमान आईजिपीलाई अमेरिका गएकै बेलामा निलम्बन गरेर श्याम ज्ञवालीलाई आइजिपी बनाएर कांग्रेसका नेताहरुलाई गिरफ्तार गर्ने सम्मका योजना बनाएको एक्स्पोज भएपछि उहाँसँग कांग्रेस धेरै नै रिसाएको जस्तो देखिन्छ । संसदीय छानवीन समितिले सही प्रतिवेदन ल्याउँदा रवि लामिछाने, जिबि राईजस्ता सहकारीका राष्ट्रिय ठगहरु यसबाट मुक्ति पाउनुहुन्न ।’


कार्यक्रममा बोल्दै नेकपा(एमाले)का केन्द्रिय सदस्य राजिव पहरीले ०८४ सालको निर्वाचन अगाडीसम्ममा एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने बताउनु भयो । उहाँले ०८४ को निर्वाचन पछि एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने गरी पार्टी अघि बढेको बताउनु भयो । उहाँले युवाहरुलाई सोही योजना अनुरुप परिचालन गरिने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘हामी सम्पूर्ण रुपले केन्द्रित, सरकारले गरेका राम्रा कामहरुलाई आम जनताको बीचमा पु¥याउने र ०८४ को निर्वाचन भन्दा अगाडी नेकपा(एमाले)लाई बलियो राष्ट्रिय शक्ति निर्माण गरेर ०८४ को निर्वाचनमा एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने । त्यो गर्न सकियो भने मात्र समृद्धि र समाजवादको दिशातर्फ अगाडी बढ्न सक्छौँ । अब हाम्रो ध्यान सिंहदरबार, बालुवाटारमा होइन । हाम्रो सम्पूर्ण ध्यान युवाहरुको बीचमा हुनेछ । सबै परिचालित गरेर लाग्नेछौँ ।’


राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले युवाहरुलाई सकारात्मक विचारसहित अगाडी बढाएमा देशको विकास र समृद्धि सम्भव हुने बताउनु भयो । उहाँले युवाहरुलाई आत्मनिर्भरताको बाटोमा लानुपर्ने भन्दै आफ्नो कार्यकालमा एक हजार युवाहरुलाई उद्यमी बनाउने र ५० हजारलाई रोजगारी सिर्जना गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सकारात्मक शन्देशसहित, सकारात्मक विचारसहित युवाहरुलाई अगाडी बढायो भने नेपालको विकास र समृद्धि सम्भव छ । अब नेपाली युवाहरुलाई आत्मनिर्भरताको बाटोमा लानुपर्छ । उद्यमको बाटोमा लानुपर्छ । यो कार्यकालमा हामीले एक हजार उद्यमी जन्माउँछौ र ५० हजार रोजगारी दिन्छौँ । हामीले राज्यलाई भनेका छौँ, अब युवाहरुले उद्यमी बन्नका लागि सोँच, विचार, कल्पना, योजना धरौटी राख्छौँ । अवधारणाको आधारमा राज्यले लगानी गर्छ र उद्यमी बनाउँछौँ । नेपालका युवाहरुलाई उद्यमी बनाउँछौँ ।’


उहाँले युवाहरुलाई उसको सोच र योजनालाई धरौटीको रुपमा राखेर राज्यले लगानी गर्नुपर्ने बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist