• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

रिठ्ठेपानी डाँडाको माटो कटान ठेक्का सम्झौतामा नभएकाले प्राधिकरणले कटान गरेको होः महानिर्देशक अधिकारी

नीतिप्रेस by नीतिप्रेस
August 9, 2024
in विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले रिठ्ठेपानी डाँडाको माटो कटान सम्झौता नभएकाले प्राधिकरणले कटान गरेको बताउनुभएको छ ।


बिहीवार संघीय संसदको लेखा समितिले प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनको अध्यक्षतामा गठन गरेको उपसमिति बैठकमा बोल्दै अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले रिठ्ठेपानी डाँडा कटानको विषयमा समितिले माटोको क्वान्टिटी बराबरको पैसा आयोजना सम्झौतासँग भए÷नभएको हेर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सम्झौता नभएर प्राधिकरणले माटो काटान गरेको उल्लेख गर्नुभयो । उहाँले माटो कटान १५ प्रतिशत ओभर हेडमा काटिएको भन्दै सस्तोमा कटान भएको बताउनु भयो । उहाँले कन्सल्टेन्सीलाई २५ प्रतिशत दिएको भए ४२ करोड पुग्ने अवस्था रहेको बताउनु भयो । उहाँले प्राधिकरणले सार्वजनिक खरिद ऐनअनुसार काटान गर्दा वित्तीय हिसावले सस्तो भएको बताउनु भयो । उहाँले ठेक्का सम्झौतामा डाँडा कटान भएर पनि प्राधिकरण कटान गरेको भए गलत हुने बताउनु भयो । उहाँले महालेखा परीक्षक कार्यालयले उठाएको कुरामा संवैधानिक निकायलाई सम्मान गर्ने भन्दै माटो काट्ने सहमति दिने निकाय पोखरा महानगर भएको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘रिठ्ठेपानी डाँडा कटानको विषय छ । डाँडाको माटो काटिने क्वान्टिटी बराबरको पैसा आयोजना सम्झौतासँग छ की छैन । समितिले त्यो एउटा हेरिदिनुप¥यो । सम्झौतामा भएर प्राधिकरणले काटेको हो ठिक हो । आएको कुरा सबै स्वीकार गर्छु । सम्झौतामा छैन । फेरि हामीले काटेको हो भने ठिक भयो । यो पैसा १५ प्रतिशत ओभर हेडमा काटिएको पैसा हो । माटो हो । २५ प्रतिशत दिएको भए ४२ करोड पुग्ने थियो । यदि यो चाइनीजले काटेको भए ४२ करोड पुग्ने थियो । हामीले काट्दा वित्तीय हिसावले सस्तो भएको छ । हामीले रुड कजमा जानुपर्छ । ठेक्का सम्झौतामा थियो भने प्राधिकरण गलत हो । थिएन भने ठिक हो सस्तोमा काटिएको छ । महालेखा परीक्षक कार्यालयले उठाएको कुरा छ । संवैधानिक निकायलाई सम्मानका साथ भन्छु । माटो काट्ने सहमति दिने निकाय को हो । पोखरा महानगर हो । ३० हजार करिव काट्नुपर्ने ठाउँमा ३० रोपनीमा यत्रो सेन्ससाइट ? यो कुरा बुझ्न आग्रह गर्दछु ।’


उहाँले पोखरा विमानस्थलको पहिले काम कम हुने भनेर घटी भएको काम पछि सोही रकम बराबर अर्को काम दिएर पैसा थप गरिएको पनि बताउनु भयो । उहाँले अन्य परियोजनाको तुलनामा कन्सल्टेन्सीलाई २५ प्रतिशत रकम दिनुपरेकोले बढी खर्च पोखरा विमानस्थल निर्माण गर्दा भएको उल्लेख गर्नुभयो । उहाँले ठेकेदारले नै कन्सल्टेन्सीलाई भुक्तानी दिएको भन्दै अरु आयोजनामा १५ प्रतिशत कन्सल्टेन्सीले भुक्तानी पाउनेमा यो आयोजनामा सार्वजनिक खरिद ऐन फलो गरेर, अर्थ मन्त्रालयको स्वीकृति लिएर र मन्त्रिपरिषद्ले निर्णय गरेरै उक्त रकम दिएको बताउनु भयो । उहाँले रकम प्राधिकरण, अर्थ मन्त्रालय र चिनियाँ अधिकारीको उपस्थितिमा त्रिपक्षीय सहमतिबाट भएको बताउनु भयो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कुनैपनि व्यापारिक योजना तथा बिजनेस योजना बिना नै बनाएको बताउनु भयो । प्राधिकरणले तत्कालीन समयमा चिनियाँ एक्जिम बैंकसँग ऋण लिँदा जम्मा १५ अर्ब लाग्ने भनिएको अयोजना सम्झौता गर्दा २२ अर्ब रुपैयाँ पुग्यो भने अहिले यसको लागत ३० अर्ब रुपैयाँ नाघिसकेको छ । अहिले पोखरा विमानस्थल बनाउँदा लिएको ऋणको ब्याज मात्रै ५ अर्ब रुपैयाँ थपिएको छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

साना दलहरुको नाममा भइरहेको च्याँखे प्रवृत्ति रोक्न संविधान संशोधन गर्नुपर्छ– महेश बस्नेत

Next Post

आज नागपञ्चमीः नागपोखरीमा भक्तजनाको घुइँचो

Next Post

आज नागपञ्चमीः नागपोखरीमा भक्तजनाको घुइँचो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन