Latest
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफः देश रहरमा चल्दैन

राष्ट्रिय सभा नेपाली काँग्रेसका सांसद नारायणदत्त भट्टले देश रहरमा नचल्ने बताउनुभएको छ ।


बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेकपा (माओवादी केन्द्र) का सांसदको सवालमा जवाफ दिँदै उहाँले देश कसैको रहरमा नभइ कानून र विधि अनुसार चल्ने बताउनु भयो । उहाँले संविधान संशोधनको कुरा गर्दा मात्रै पनि ज्वरो आउनुपर्ने कारण नरहेको बताउनु भयो । उहाँले सरकार गयो भन्ने धङधङीमा नरहन माओवादीलाई आग्रह गर्नुभयो । उहाँले देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका पक्षधरहरु सबैको उद्देश्य दजनताको सेवा गर्ने हुनुपर्ने बताउनु भयो । विपद्मा परेकाहरुको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । 
उहाँले भन्नुभयो, ‘हामी धङधङीमा छौँ । सरकार गयो, किन गयो, कसका कारणले गयो । म विनम्रताकासाथ अनुरोध गर्न चाहन्छु । त्यसको कारक काँग्रेस नै हो । कि हामी पनि हौँ । यो देश रहरमा चल्छ ? आज देश, जनता, मुलुक, राष्ट्र, राष्ट्रियताका हामी पक्षधरहरु जो जहाँ भएपनि हामी सबैको भावना देश सेवा र जनताको सेवा गर्ने उद्देश्य होइन र ? हामी जहिले पनि आरोप, प्रत्यारोप उत्रिने । बोल्न मन नलागेको विषयमा पनि प्रयास गर्नुपर्ने । आज देशमा विपत्ति छ, बाढी, पहिरो छ । ति जनताको व्यवस्था, अवस्था, बस्ने बसाई, खानेकुरामा यो सरकारको ध्यान जाओस् ।’
सांसद भट्टले विपत्तिमा परेकाहरुलाई सरकारले छिटो भन्दा छिटो राहतको व्यवस्था गर्न आग्रह गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist