• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शासन प्रणाली र नियामक निकायबीच सुधार गर्नुपर्ने धेरै विषय छन्ः अध्यक्ष दाहाल

नीतिप्रेस by नीतिप्रेस
August 15, 2024
in नेपाली समाचार आजको, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कास्की

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने विषयहरु धेरै रहेको बताउनुभएको छ ।


भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको छलफलमा बिहीवारको सिंहदरबारमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शासन प्रणाली र नियामक संरचनाहरुका बीचमा आवश्यक विषय सुधार गरी अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारी निर्णय गर्ने विषयमा कर्मचारीतन्त्र र अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महशुस हुने गरेको बताउनु भयो । उहाँले राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुनेगरी अघि बढ्ने वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार निवारणको कुरा कानूनी वा प्राविधिक विषय मात्रै नभएको भन्दै सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हाम्रो शासन प्रणाली र हाम्रा नियामक संरचनाहरुका बीचमा परिमार्जन गर्नुपर्ने, सुधार गर्नुपर्ने धेरै विषय छन् । यो हामी सबैले महशुस गरेका छौँ । मैले पनि कहीँ न कहीँ हाम्रो कर्मचारीतन्त्र, हाम्रो नियामक निकायहरु, अझ मुख्यतः अख्तियार अनुसन्धानसँग सम्बन्धित विषयमा निकै जटिलता र पेचिलो महशुस हुन्छ । मैले कार्यकारी प्रमुखको रुपमा काम गर्दैगर्दा हाम्रो अख्तियार प्रमुखज्युसँग मैले धेरै छलफल गरेको छु । यसका समस्या र सुधारका बारेमा पनि छलफल गरेको छु । यति हुँदाहुँदै पनि हाम्रो कर्मचारीतन्त्रभित्र पनि एउटा आतंक जस्तो, अब आयोगमा पनि आफ्नो कामलाई प्रभावकारी बनाउन अघि बढ्नुपर्ने आवश्यकता, आयोगको त्यो आवश्यकता र कर्मचारीको निर्णय गर्ने आवश्यकताको बीचमा कहिले कहीँ कन्ट्रोभर्सी, अन्तरबिरोध हुने र त्यसले प्रशासन नै जाम हुने हो की भन्ने जस्तो अवस्था पनि देखा पर्ने गरेको छ । त्यो अलि जटिल छ । अहिले भ्रष्टाचार निवारण ऐन ५९ लाई संशोधन गर्न हामी छलफल गर्दै गर्दा यो जटिलतालाई फुकाउने गरीकन, हाम्रो राज्य संरचनाका विभिन्न निकायका बीचमा आपसी तादात्म्य, तालमेल, एक अर्काको सहयोगको पूरक हुने गरी कहीँ अघि बढ्ने वातावरण बनाउन निकै जरुरी छ । भ्रष्टाचार निवारणको कुरा खालि कानूनी वा प्राविधिक विषय मात्रै होइन, यो एउटा सामाजिक, सांस्कृतिक चेतनासँग सम्बन्धित कुरा पनि हो । यो हाम्रो सभ्यता र संस्कृतिको विकासको स्तर कहाँ छ ? भन्नेसँग सम्बन्धित कुरा पनि हो । कानून र प्राविधिक रुपले मात्रै नभएर समाजको सांस्कृतिक चेतना अभिवृद्धि पनि यसको साथमा जोडिनुपर्छ । र मात्रै हामीले सबैकुरालाई परिणाममुखी बनाउन सकिन्छ । केही विषय छन्, जसमा सबैको ध्यान केन्द्रित भएको देख्छु मैले । एउटा हदम्याद भ्रष्टाचारसँग सम्बन्धित, कति समय राख्ने, वा समय नराख्ने भन्ने छलफल चलिरहेको छ । यसलाई पहिलाको प्रचलन भन्दा बढाउने, घटाउने वा नराख्ने विषयमा हामीले पर्याप्त छलफल गरेर टुंग्याउनु पर्छ । आयोगले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्वन हुनेकुरा ठिक छ की छैन, अदालतले अन्तिम कसुरदार हो भन्ने फैसलासम्म त्यो विषय टुंगिएको हुँदैन ।’ 


अध्यक्ष दाहालले भ्रष्टाचारसँग सम्बन्धित हदम्यादको समय कति राख्ने वा राख्दै नराख्ने भन्नेकुरालाई गहन रुपमा छलफल गरेर टुंग्याउनुपर्ने बताउनु भयो । उहाँले आयोगले मुद्दा दर्ता गर्ने बित्तिकै पदबाट निलम्वन हुनेकुरा ठिक हो वा होइन भन्नेबारेमा पनि पर्याप्त छलफल हुनुपर्ने बताउनु भयो ।

Previous Post

भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

Next Post

माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफः देश रहरमा चल्दैन

Next Post

माओवादीलाई काँग्रेस सांसद भट्टको जवाफः देश रहरमा चल्दैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन