Latest
संविधानले जनयुद्ध चिन्दैनः एमाले सांसद न्यौपाने
सन्दर्भः संविधान दिवस (माधव नेपाल)
संसद सुचारु हुने रास्वपाको विश्वास
Next
Prev

अन्तरमन्त्रालयसँग सम्बन्धित विषयले विकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न हुन सकेनन्ः मन्त्री खड्का

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तरमन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताउनुभएको छ ।


बिहीवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु रहेको बताउनु भयो । उहाँले अन्तरमन्त्रालयहरुसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको बताउनु भयो । उहाँले महाकाली सिंचाई आयोजनाका सन्दर्भमा आर्थिक वर्ष २०८१—०८२१ का लागि पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बताउनु भयो । उहाँले ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको बताउनु भयो । उहाँले श्रोत सुनिश्चितता गरेर अघि बढाउनेबारे छलफल भइरहेको पनि बताउनु भयो । उहाँले आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत रहेको र आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत वित्तीय प्रगति पनि २१ प्रतिशत नै रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु छन् । र प्रगतिको हिसावले पनि त्यो अन्तरमन्त्रालयहरुसँग सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको पाइन्छ । महाकाली सिंचाई आयोजनाका सन्दर्भमा अहिले आर्थिक वर्ष २०८१—०८२१ का लागि यस महाकाली सिंचाई आयोजनामा तेस्रो चरणलाई पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ । यसका ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको देखिन्छ । पैसाको अभाव ठिक हो, केही पैसाको अभाव रहेकै छ । यसलाई श्रोत सुनिश्चितता गरेर अघि बढाउने भन्ने कुरा छ । जग्गा प्राप्ति, वनको समस्या रहेको छ ।’
वनको समस्या समाधानका लागि रुख कटान गर्न मन्त्रीस्तरीय निर्णय भइसकेको बताउनु भयो । ७ हजार ४२८ वटा रुख कटान गर्ने अवस्था रहेको बताउनु भयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist