Latest
हिसान कास्कीमा दिवाकर जैसीको नेतृत्व
भद्रकालीमा विश्वकर्मा पूजा गर्नेहरुको भीड
Next
Prev

साफ यु २० फुटबलः भारतबिरुद्ध भूटान (फुटेज)


तीन खेलाडीले रातो कार्ड सामना गरेको खेलमा साविक विजेता भारतले सोमवार भूटानमाथि संघर्षपूर्ण जितसँगै साफ यु–२० च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दुई खेलाडीबिना नै भारतले भूटानमाथि १–० को जित निकालेको हो । दोस्रो हाफमा विवाद हुँदा खेलका रेफ्री श्याम दनुवारले भारतका दुई र भूटानका एक खेलाडीलाई एकै पटक रातो कार्ड देखाएका हुन् । तुलनात्मक रूपमा कमजोर मानिएको भूटानले पनि भारतलाई चुनौती दियो । तर हार टार्न भने सकेन । समूह ‘बी’ को भारतले भूटानमाथि जितसँगै समूहविजेताका रूपमा दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । भारतले पहिलो हाफमा गरेको गोल नै तीन अंक दिलाउन पर्याप्त बन्यो । भारतले खेलको ३७ औं मिनेटमा नै अग्रता लिएको थियो ।
मोनिरुल मोल्लले हेडरमार्पmत गोल गर्दै अग्रता दिलाए । कर्नरबाट आएको बललाई उनको हेडर भुटानी गोलकिपर लोचो निमाले पत्तै पाएनन् । भुटानले पनि पहिलो हाफमा केही अवसर बनायो । कप्तान पेमा जाङ्पोले झन्डै मध्य भागबाट गरेको महत्वाकांक्षी प्रहार सफल भएन । त्यससँगै पहिलो हाफमा भारत १–० ले अगाडि रह्यो । ६९औं मिनेटमा खेल केही तनावपूर्ण रह्यो । भारतले फ्रिकिक लिने क्रममा दुई देशका खेलाडीबीच हात हालहाल भएपछि खेल रेफ्री दनुवारले कार्ड देखाएका हुन् ।
दनुवारले भारतका प्रम्भिर र भानलालपेका गुइटे तथा भुटानका किन्ले ग्याल्चेनलाई रातो कार्ड देखाए । गुइटले मैदान छिरेको ६ मिनेटभित्रै कार्ड बेहोरेका हुन् । यससँगै भारत ९ र भुटान १० खेलाडीका बीच खेल्यो । ७१औं मिनेटमा मोनिरुलले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । मध्य भागबाट ड्रिब्लिङ गर्दै अगाडि बढेका मोनिरुलको फितलो प्रहार भुटानी गोलकिपरले सहजै रोके । त्यसपछि दुवै तर्पm केही अवसर सिर्जना भएपनि गोल हुन सकेन । भारतले साँघुरो जित निकाल्यो ।
मंगलवार श्रीलंका र बंगलादेशबीच खेल हुनेछ । श्रीलंकाले पहिलो खेलमा आयोजक नेपालसँग १–० को हार सामना गरेको थियो । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अब नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेशसँग खेल्नेछ । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भूटान छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist