• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

साफ यु २० फुटबलः भारतबिरुद्ध भूटान (फुटेज)

नीतिप्रेस by नीतिप्रेस
August 20, 2024
in नेपाली समाचार आजको, समाचार
0
साफ यु २० फुटबलः भारतबिरुद्ध भूटान (फुटेज)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


तीन खेलाडीले रातो कार्ड सामना गरेको खेलमा साविक विजेता भारतले सोमवार भूटानमाथि संघर्षपूर्ण जितसँगै साफ यु–२० च्याम्पियनसिपमा सुखद् शुरुवात गरेको छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा दुई खेलाडीबिना नै भारतले भूटानमाथि १–० को जित निकालेको हो । दोस्रो हाफमा विवाद हुँदा खेलका रेफ्री श्याम दनुवारले भारतका दुई र भूटानका एक खेलाडीलाई एकै पटक रातो कार्ड देखाएका हुन् । तुलनात्मक रूपमा कमजोर मानिएको भूटानले पनि भारतलाई चुनौती दियो । तर हार टार्न भने सकेन । समूह ‘बी’ को भारतले भूटानमाथि जितसँगै समूहविजेताका रूपमा दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ । भारतले पहिलो हाफमा गरेको गोल नै तीन अंक दिलाउन पर्याप्त बन्यो । भारतले खेलको ३७ औं मिनेटमा नै अग्रता लिएको थियो ।
मोनिरुल मोल्लले हेडरमार्पmत गोल गर्दै अग्रता दिलाए । कर्नरबाट आएको बललाई उनको हेडर भुटानी गोलकिपर लोचो निमाले पत्तै पाएनन् । भुटानले पनि पहिलो हाफमा केही अवसर बनायो । कप्तान पेमा जाङ्पोले झन्डै मध्य भागबाट गरेको महत्वाकांक्षी प्रहार सफल भएन । त्यससँगै पहिलो हाफमा भारत १–० ले अगाडि रह्यो । ६९औं मिनेटमा खेल केही तनावपूर्ण रह्यो । भारतले फ्रिकिक लिने क्रममा दुई देशका खेलाडीबीच हात हालहाल भएपछि खेल रेफ्री दनुवारले कार्ड देखाएका हुन् ।
दनुवारले भारतका प्रम्भिर र भानलालपेका गुइटे तथा भुटानका किन्ले ग्याल्चेनलाई रातो कार्ड देखाए । गुइटले मैदान छिरेको ६ मिनेटभित्रै कार्ड बेहोरेका हुन् । यससँगै भारत ९ र भुटान १० खेलाडीका बीच खेल्यो । ७१औं मिनेटमा मोनिरुलले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन् । मध्य भागबाट ड्रिब्लिङ गर्दै अगाडि बढेका मोनिरुलको फितलो प्रहार भुटानी गोलकिपरले सहजै रोके । त्यसपछि दुवै तर्पm केही अवसर सिर्जना भएपनि गोल हुन सकेन । भारतले साँघुरो जित निकाल्यो ।
मंगलवार श्रीलंका र बंगलादेशबीच खेल हुनेछ । श्रीलंकाले पहिलो खेलमा आयोजक नेपालसँग १–० को हार सामना गरेको थियो । समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अब नेपालले दोस्रो खेल अगस्ट २२ मा बंगलादेशसँग खेल्नेछ । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भूटान छन् । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सञ्चार संस्थाहरुमा नीतिगत स्पष्टता ल्याउनेगरी काम गर्दैछौँः मन्त्री गुरुङ

Next Post

खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी

Next Post
खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी

खेलकुदमा लगानी बढाउन आवश्यकः मन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन